एकैपटक १४ सिंचाई योजना निर्माण

–विभिन्न फांटका किसान लाभान्वित
लोकखबर
२०८२ जेष्ठ २०, मंगलवार २३:०७

विदुर–नुवाकोटकको तारकेश्वरमा एकैपटक १४ वटा सिँचाइ योजनाको निर्माण गरिएको छ । यससंगै विभिन्न फांटमा सिंचाई सुविधा पुगेको छ ।
तारकेश्वर गाउंपालिका ४ र ५ मा१४ वटा सिँचाइ योजनाहरुको निर्माण सम्पन्न भएको हो । बुधसिंहफाँट, कालीमाटीफाँट र हल्लेफाँटको कृषि उत्पादनका लागि आवश्यक १४ सिँचाई योजनाहरुको निर्माणस.गै जनप्रतिनिधि, प्राविधिक तथा सर्वसाधारणले निरीक्षण गरेका छन् ।

अध्यक्ष अधिकारीले उक्त योजनाहरुबाट तारकेश्वरको कृषि उत्पादनमा महत्वपूर्ण उपलब्धि हासिल भएकोे विश्वास व्यक्त गरे । उनले तारकेश्वरमा अव अन्न तथा तरकारी उत्पादनसमेत वढ्ने वताए ।
गत वर्षात्मा आएको भीषण बाढी पहिरोले खोला किनाराका फाँटहरुमा सिँचाई प्रणाली क्षतविक्षत हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको थियो । सिँचाई प्रणालीको पुर्ननिर्माण गरिएसँगै उक्त क्षेत्रका कृषकहरु उत्साहित भएका छन् ।

किसानहरुको माग वमोजिम अध्यक्ष शिव अधिकारी (अविरल)सहित जनप्रतिनिधि र प्राविधिकहरुको टोलीले यसअघि नै आयोजनाहरुको प्रारम्भिक प्रविधिक सर्वेक्षण गरेर सिंचाई आवस्यक रहेको ठहर गरेको थियो । सर्वेक्षणपछि अध्यक्ष अधिकारीले काम सुरु गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

 

 

 


सर्वाधिक रुचाइएको