तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम

लोकखबर
६ माघ २०७५, आईतवार २१:५५

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका २८ वर्षिय विषम परदेशमा रहेर नेपाली गीत संगीत, कला र भेषभुसालाई जगेर्ना गर्ने सोचले ‘मायालु इन्टरटेन्मेन्ट’ मार्फत सक्रिय भइरहेका छन् । बिबिएस अध्ययन गरेका विषमले राज सिग्देलको गीत‘जति छाल’, प्रमोद खरेल र सिर्जु अधिकारीको आवाजमा ‘फुच्ची फुच्ची’,सरद समिपको ‘किन रिसायउ’,अमीत खाती र सिर्जु अधिकारीको आवाजमा ‘झुम्के बुलाकी’ लगायत आधा दर्जन गीत हरुमा अभिनय गरेका  छन् ।
उनी आफैंले लेखेको २ वटा गित ‘फुच्ची फुच्ची’ र ‘झुम्के बुलाकी’ सार्वजनिक भइसकेका छन् भने अरु २ वटा गीत रेकडिंगको कार्य भइरहेको उनी  बताउँछन् । दुबाईमा ६ वर्ष र हाल अस्ट्रेलीयाको सिड्नीमा ३ वर्षमा वैदेशिक बसाइको अनुभव सङ्गालेका विषमसंग लोकखबरका लागि उनको जीवन भोगाई, कलाकारिताबारे धारणा लगायत छोटो कुराकानी गरेका छौं । 

१.तपाईको नाम ‘विषम’, नामको अर्थ के होला बताइदिनुहोस् न ?  
– ‘विषम’ अली फरक नाम भनेर धेरैले सोधनुहुन्छ,‘विषम परिस्थिती’ भनेपछि धेरैले आफैं बुझ्नुहुन्छ ।
२. देशबाट बाहिर भएर पनि म्युजिकमा पनि लाग्नुभएको छ, किन मनपरेको यो क्षेत्र ? स्वेदशमा हुँदा गीत संगीतमा केही गर्ने रुची भएन ? 
– गीत संगीतमा रुचि सानैदेखी भएको हो । तर समय अनुकुल नभइदिएकाले अलि विस्तारै अघि बढ्ने कोसिस गरिराखेको छु । नेपाल हुँदा देखि नै गीत संगीतमा धेरथोर लागीरहेकै थिएँ । बााहिर हुँदा पनि यसलाइ निरन्तरता दिने कोशिस गरिराखेको छु ।
३.पछिल्लो समय कलाकारितामा पनि संलग्न हुन थाल्नुभएको छ । कस्तो खालको प्रतिकृया पाइरहनुभएको छ ? 
– सबैतिरबाट राम्रो सहयोग र प्रतिकृया पाएको छु । आशा छ तपाईहरुको यो माया सदा पाइरहनेछु ।
४.कलाकारिता क्षेत्रलाई संगसंगै लैजाने सोच्नुभएके छ कि अहिले ‘टाइम पास’का रुपमा मात्र गरिरहनुभएको छ ?
– टाइम पास त बिलकुल होईन समय अनुकुल निरन्तरता दिनेछु ।
५.तपाईलाई केमा बढी आनन्द मिल्छ, काम गरेपछि मासिक तलब पाउँदा की कलाकारितामा चर्चा,प्रतिकृया पाउँदा ?   
– मासिक तलब पाउँदा मिल्ने आनन्द भन्दा हजार गुणा बढी आनन्द मिल्छ आफूले गरेको कामको राम्रो प्रतिकृया पाउँदा ।
६.अब केही अन्तरमनका कुराकानी गरौं । आफ्नो देश, गाउँघरबाट टाढा भएर बस्दा कस्तो अनुभूति हुने गर्दछ ? 
– जति आफ्नो देश, आफ्नो ठाउँबाट टाढा भइन्छ, त्यति नै त्यो ठाउँको महत्व बढी हुन्छ ।  हरेक पल आफ्नै गाउँ ठाउँको यादले सताइ रहेको हुन्छ । नेपाल हुँदा जति विदेशिने सपना र बाध्यता हुन्छ त्यस्तै हामीलाइ स्वदेशीने, आफ्नो देश जाने सपना हुन्छ, जान नपाउँनु हजार बाध्यता हुन्छ ।
७. गीत संगीत भनेको के हो भन्ने लाग्छ तपाईंलाई ?
– गीत संगीत भनेको  सुख र दुःख को एउटा असल मित्र हो जस्तो लाग्छ जो हरेक पल मेरो साथ रहन्छ ।
८.जीवनमा पैसाको महत्व कस्तो छ ? 
– जीवनमा पैसाको ठूलो महत्व छ, त्यसमाथि हामी परदेशमा रहने मानिसलाइ झन धेरै महत्व छ, यहाँ त पैसा बिना २ दिन बॉच्न पनी गाह्रो छ ।
९. पैसा बिना खुशी हुन सक्नु हुन्छ की सक्नुहुन्न ? 
– परदेशमा रहेर पैसा बिना खुशी त के बाँच्न पनि सकिंदैन ।
१०. माया भनेको के हो जस्तो लाग्छ ? 
– खै, यो माया भन्ने चिज के रैछ मैले अहिलेसम्म बुझ्न सकेको छैन ।
११. सबैभन्दा बढी माया कसको लाग्छ र किन ? 
– सबैभन्दा बढी माया मलाई आफ्नै लाग्छ, मलाई लाग्छ पहिला आफूले आफैलाई गर्नु पर्छ ‘नेपाली हामि रहन्छौ कहॉ नेपालै नरहे’ भनेझै आफूनै नरहे अरुलाई माया गर्नुको के अर्थ जस्तो लाग्छ मलाइ ।
१२. जीवनमा कुनै त्यस्तो त्यस्तो कार्य गर्नुभएको छ ? जसबाट पश्चाताप भइरहन्छ ?
– मेरो जीवनमा अस्ट्रेलिया आउनु नै सबैभन्दा ठूलो गल्ती थियो, त्यसैले म सबैलाई भन्न चाहन्छु नआउनुहोस् अस्ट्रेलीया, यहॉ आउने धेरै बाटोहरु छन् तर यहाबाट फर्कने बाटो छैन ।
१३. जीवनमा कहिल्यै रुनुभएको छ ? 
– जीवनमा धेरै पटक रोयको छु । केही समय अघि मेरी ममी तीन महिनाको लागि आउनुभयको थियो । जुन दिन ममी फर्कनुभयो म आफैले एरपोर्टसम्म पुर्यायर काममा गए । जब म बेलुका घर फर्किए घरमा ममीलाइ नपाउदा लइफमा धेरै आमाको यादमा पहिलो चोटी म धेरै रोएको थिए । सायद धेरै समयपछिी आमाको मायालाई बुझ्ने मौका पाइएछ ।
१४. अन्त्यमा, भन्न मन लागेका केही कुरा छन् की ? 
– सर्व प्रथम त मलाई आफ्नो मनको दुइ शब्द राख्न दिनु भएकोमा लोकखबरलाई धन्यवाद भन्न चाहान्छु । आजसम्म मैले गीत संगीतमा जे जति गरेका कामलाई मनपराइ साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि नमन गर्न चाहन्छु । अझै धेरै साथ र सहयोग गरिदिनु होला । मेरा सिर्जनाहरु Youtube/Facebook/Insta मा Bisham Gautam टाइप गरी मलाइ सल्लाह तथा सुझावहरु दिन सक्नुहुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*