दाँतको सुरक्षा कसरी गर्ने ?

हामी आफ्नो दाँतको सरसफाईमा यसरी सचेत बन्नुपर्छ
लोकखबर
९ बैशाख २०७६, सोमबार २०:५३

हामीले हाम्रो दाँतको ख्याल नगर्दा विभिन्न प्रकारका समस्या भोग्न बाध्य हुनुपर्छ । यसर्थ दाँतका विषयमा विभिन्न कुरामा ध्यान दिनु आवश्यक छ।

– दाँतको नियमित रुपबाट परीक्षण गर्नुपर्छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म कुर्नुहुन्न । वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ ।
– दाँतसंग सम्बन्धित फलोअप बेलाबेला स्वास्थ्यसंस्थामा गराउँनुपर्छ।
– हामीले दातँ माँझ्ने बेलामा हतारहतार दाँत मोल्नु हुदैन । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । तीन–चार महिना पछि अर्को ब्रस प्रयोग गर्नुपर्छ ।
– मुखलाई किटाणुरहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथ वासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ ।
– बजारमा पाइने विभिन्न प्रकारका गुलियो र टाँसिने पदार्थ खानमा कमी गर्नुपर्छ । क्यान्डी, चिप्स, क्रिम, बिस्कुट लगायत खानाले दाँतमा समस्या हुन्छ ।
– दाँतको राम्रो सुरक्षाका लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ ।
– चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा असर गर्ने भएकाले त्यस्ता पदार्थ बढी सेवन नगर्ने ।
– दाँतमा विभिन्न बस्तु अड्किने भएकाले दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानी छ भने ती बानी सुधार गर्नुपर्दछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*