शिशुलाई स्तनपान किन ?

लोकखबर
२१ श्रावण २०७६, मंगलवार ११:०१

आमाले बच्चालाई दूध चुसाउनुलाई हामी स्तनपान भन्छौं । बच्चा जन्मिएपछि आमाको आउँने बिगौती दूधको महत्व अति नै हुने गर्दछ ।
बच्चालाई स्तनपान गराउँदा उसको स्वास्थ्य सुरक्षा हुनपुग्दछ । भर्खरै जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक शक्ति नहुँने हुँदा आमाको बिगौती दूधबाट बच्चाले रोग प्रतिरोधात्मक शक्ति पाउँने गर्दछन् । बच्चालाई आमाले पिलाउने दूधमा ‘लेक्टोफोर्मिन’ हुनाले शिशुलाई हुनसक्ने विभिन्न प्रकारको रोगसंग लड्न क्षमता प्रदान गर्दछ ।
यदि बाल्यकालमा आमाको दूध पर्याप्त खान नपाएमा आवश्यक मात्रामा बच्चाको विकास हुन सक्दैन ।
बच्चालाई पर्याप्त मात्रामा र आवश्यकता बमोजिम दूध खुवाइयो भने भविष्यमा हुने विभिन्न प्रकारका रोग लाग्नबाट जोगाउँनसक्छ ।
आमाले बच्चा भोकायो, रोयो वा खानेकुरा खोज्यो भनेर मात्र आफ्नो दूध चुसाउने होइन । बच्चाको स्वास्थ्यमा सुधार, भविष्य एवम् चौतर्फी विकासका लागि स्तनपान गराउँनु पर्दछ ।
शिशुलाई कसरी दूध खुवाउँने भन्नेमा पनि ध्यान दिइनुपर्दछ । बच्चा र आफल्नो शरीरलाई समान हुने गरी, सुताएर वा पल्टिएर सजिलोसंग दूध चुसाउनु पर्दछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*