सजिलै चुरोट छाड्न सकिने चार उपाय

लोकखबर
२३ पुष २०७६, बुधबार १३:१६

चुरोट खाँनु हुन्न भन्ने थाहा भएर पनि कसरी छाड्ने भन्ने तनावमा रहेकालाई सजिलै चुरोट छाड्ने टिप्स
१. दैनिक बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर पिउने ।
२. जब चुरोटको तलतल लाग्छ, आफैँले आफैलाई सम्झाउने, ‘मैले जुनसुकै हालतमा चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ ।
३. चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस् । त्यसपछि पनि तपाईँलाई जबजब चुरोट पिउन मन लाग्छ, आरामसँग बस्नुहोस् र लामो सास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईँको ध्यान अन्यत्रै मोडिन्छ ।
४. अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र आफ्नै साथमा राख्नुहोस् । जब चुरोटको सम्झना हुन्छ बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*