कविता : म एसियाको तारा

रुविना शर्मा
२५ बैशाख २०७७, बिहीबार १९:४७

म, विश्वमै गौतम बुद्धको नामले चिनिने एसियाको तारा।
मेरै २५६४ औं जन्मजयन्ती धुमधाम मनाउदैछन् सारा।।
ह्याप्पी बर्थ डे टु यु भन्दै आज केक काटिरहेछु म ।
मलाई माया गर्नेहरूसंग खुशी साटिरहेछु म ।।

मेरै लागि भनेर ठूलो र्‍यालीको आयोजना गरियो।
शान्तिका दुत परेवालाइ चामल अनि कनिका छरियो।।
तर मन किन किन भित्र भित्रै भाचिएजस्तो लाग्यो।
जब मलाइ यती धेरै माया गर्नेले नै पन्चशिललाई नाघ्यो।

आज मेरो जन्मदिन अलि फरक र अचम्मकै थियो।
टिकटक र फोटोमा व्यस्त थिए सबै ,बाल्नु सट्टा दियो।।
मैले दिएका सारा ज्ञान ,खै कहा कता हरायेछन् ।
जब मानिसले क्रोध , लोभ र ईर्ष्यालाई मनपराएछन् ।।

गुम्बामा आइ वर माग्नेहरुको थियो ठूलो लर्को।
एकएकको नाम सम्झदैथिए म, नमानी कुनै झर्को।।
भक्तहरु मध्यको एक भक्तलाई प्रश्न गरे आज।
जवाफमा उसले भन्यो , रेस्टुराँमा भेटौ हामी साझ।।

मेरो देश पनि आज भ्रष्टाचारमा चुर्लुम्मै डुबेको रहेछ।
मैले दिएका जीवनका सिद्धान्त त हुरुहुरु डढेछ।।
आजको जन्मदिनमा अलि खास उपहार पाएछु।
लाग्दैछ देशमा सधैं शान्ती बनाउने झुटो कसम खाएछु।।

के मलाइ अबभन्दा पछिका पुस्ताले चिन्छन् होला ?
के अर्को बर्षको जन्मदिनमा मीठो मुस्कान उपहार दिन्छन् होला ?
प्रश्नै प्रश्न मनभरी ,ज्ञान यहाँ खेल भयो ।
स्वतन्त्र आकाशमा उढ्न खोज्ने मलाइ, आज यहाँ जेल भयो।

त्यसैले,
मलाइ किताबका पानामा मात्र हैन, जीवनमा नि सजाउनु है।
क्रोध ,लोभ , मोहलाइ त्यागी, बुद्दत्वको गाथा बजाउनु है।।
मलाइ किताबका पानामा मात्र हैन, जीवनमा नि सजाउनु है।
क्रोध ,लोभ , मोहलाइ त्यागी, बुद्दत्वको गाथा बजाउनु है।।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*