कविता :

खोइ भगवान

सृजना पुडासैनी
९ जेष्ठ २०७७, शुक्रबार २०:३०

कोरोना देखि डराउदै छ्न यहाँ
पीडा ले चिच्याउदै कराउदै छ्न यहाँ
कोठा भित्रै गुम्सियर बस्दा पनि
आफन्त ले आफ्ना गुमाउदै छ्न यहाँ
खोइ भगवान

मन्दिर ,मस्जिद, गुरुद्वारा सब बन्दै छ्न
घरमै बसि मेरो परिवार को रक्षा गर है भन्दै छ्न
देवता पनि यो कोरोना देखि हारे होलान
त्यसैले त दिनहु हजारौं पुर्न खाडल खन्दै छ्न
खोइ भगवान

जिजिबिसाले हर कोहि तडपिरहेका छन
मुडाे शरीर चितामा पुर्याउन कडकिरहेका छन
कोरोना ले लग्दै छ अपनत्व र एकता
यति सहयोग गरौ न भन्दा झनक्क झडकिरहेका छ्न
खोइ भगवान

प्रबिधिको बिकासले चुम्मेका चम्किला आकाशका तारा
गल्ति र कमजोरीले बिपदमा परेको छ मानव सारा
चरीलाई पिजडामा थुनेर रमाउने हामी आज
पिजडामा कैद भै बाच्न कै भिक माग्न बाध्य छौ
खोइ भगवान

यहाँ मानवले मानव लाई छुन हुदैन
यस्तै हुँदै गयो भने खानलाइ नुन हुदैन
यसरी नै दिन दिनै हजारौं मर्दै गए भने
सृष्टि बिनास भै यो धर्ती अनि त्यो जुन हुदैन
खोइ भगवान

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*