एकसय वढि महिलालाई एकैपटक प्रशिक्षण
सिपमुलक कार्यक्रम सन्चालन
विदुर–ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटको दुप्चेश्वरमा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । यसवाट ग्रामणि भेगका महिलाहरुलाई सुविधा पुगेको छ ।
उद्योग वाणिज्य कार्यालय नुवाकोट र दुप्चेश्वर गाउँपालिको सभाझेदारीमा सन्चालित कार्यक्रममा एकैपटक एकसय १६ जना महिलाहरुको सहभागिता रहेको छ । सो कार्यक्रमको दुप्चेश्वरको समुन्द्रटारमा गापा अध्यक्ष शंकरवहादुर थापाले उद्घाटन गरे ।
उनले सिप सिकेर महिलाहरु स्वरोजगारमा लाग्न आग्रह गरे । महिलाहरुका लागि विभिन्न पांच स्थानमा सहभागी महिलाहरुलाई कृष्टल सजावट सम्बन्धि प्रशिक्षण सुरु गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।











































