किसानहरुलाई कृषि उपकरण तथा विउ वोका प्रदान

–कृषिमा आधुनिक प्रविधिमा जोड
लोकखबर
२०८२ असार २, सोमबार २०:११

विदुर–कृषिमा आधुनिक प्रविधिमा जोड दिदै नुवाकोटको शिवपुरी गाउँपालिकामा किसानहरुलाई कृषि उपकरण तथा विउ वोका प्रदान गरिएको छ । गापाको आर्थिक समृद्धिको लक्ष्यलाई पुरा गर्ने उद्देश्यसहित शिवपुरी कृषि रुपान्तरण परियोजना अन्तर्गत कृषि सामग्री तथा बीउ बोका वितरण गरिएको हो ।
शिवपुरी कृषि उपज संकलन केन्द्रमा आयोजिते कार्यक्रममा शिवपुरी गापा अध्यक्ष गोबिन्दप्रसाद थपलिया, उपाध्यक्ष बीरबहादुर तामाङलगायतले कृषि उपकरण र विउ वोका किसानहरुलाई हस्तान्तरण गरे । गापा अध्यक्ष थपलियाले किसानले अव आधुनिक प्रणालीवाट खेति गर्नु पर्नेमा जोड दिए ।

किसानहरुलाई १५ वटा बीउ बोका, अकबरे खुर्सानी खेती गर्ने कृषक समूहहरूलाई स्प्रेयर प्रदान गरिएको हो । २ जना पशु प्राविधिकलाई माइक्रोस्कोप र वोकालाई खसी पार्ने मेसिनसमेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा स्थानीयस्तरमै दुध उत्पादन प्रवद्र्धन, गोठ निर्माण सहयोग, र उन्नत जातका बाख्राको उत्पादन बढाउने उद्देश्यका साथ बीउ बोका वितरण गरिएको हो । बोका वितरणसंगै बोका बिमाको समेत व्यवस्था गरिएको छ । कृषकहरूलाई आत्मनिर्भर बनाई पशुपालनमा आकर्षण बढाउने तथा आयआर्जनमा सहयोग पुर्याउने उदेश्य रहेको गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।

 

 


सर्वाधिक रुचाइएको