समुदायको सेवाको समय सिमा हुँदैन : कडेल

लोकखबर
२ आश्विन २०७७, शुक्रबार ११:५६

मकवानपुर । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा – १० ले हेटौंडा -१० बसपार्कमा आफ्नो भवन निर्माण गरी उद्घाटन समेत् सम्पन्न गरिसकेको छ । समाजका बिकृति, बिसंगति बिरुद्घमा आवाज उठाउँदै सामाजिक मेलमिलाप र समाज सेवामा तल्लिन् रहेर सेवा पुर्‍याउने उद्देश्यले प्रहरी सेवा उपकेन्द्र समिति गठन गरिएको सामुदायिक प्रहरी सेवा उपकेन्द्रका पदाधिकारीहरु बताउँछन् । उपकेन्द्र गठन सँगै भएको गतिबिधिको बारेमा उपकेन्द्रका अध्यक्ष प्रदिप कडेलसँग हामीले कुराकानी गरेका थियौं । प्रस्तुत छ लोकखबरका जी. न्यौपानेले अध्यक्ष कडेलसँग गरेको कुराकानीको केही सम्पादित् अंश :

लोकखबर : सामुदायिक प्रहरी सेवा उपकेन्द्रले के – के काम गर्छ ?
कडेल – समाजमा रहेका विशुद्द रुपमा समुदायको भलाईको लागि काम गर्ने एउटा संस्था हो सामुदायिक प्रहरी सेवा उपकेन्द्र । यस्ले समाजको बिकृति , बिसंगति विरुद्द आवाज उठाउँछ । समाजमा झै – झगडा , होहल्ला , मारपिट र गैरकानुनी कृयाकलाप हुन दिदैँन । सबैलाई मेलमिलापमा ल्याएर सकारात्मक ढंगले जीवन र्निवाह गर्न समाजका नागरिकहरुलाई सघाउँछ र ठूलै कानुनी कारवाही बिमा नहुने केशहरु जिल्ला प्रहरी कार्यालयमा जिम्मा दिन्छौं ।
लोकखबर : हेटौंडा बसपार्कमा उपकेन्द्रको निर्माण गरि भवन उद्घाटन कार्यक्रम समेत् सम्पन्न गरिएको छ त्यस्को आर्थिक स्रोतको बारेमा भन्न मिल्छ ?
कडेल – त्यो समुदायकै पहलकद्मीमा निर्माण गरिएको भवन हो । कसैले ढुङ्गा, कसैले बालुवा , कसैले सिमेन्ट लगायतका सामाग्रिहरु सहयोग गरेर बनाइएको भवन हो । समाज सेवाको लागि समुदायका मानिसहरुले ऐक्यबद्घता , आर्थिक , सामाग्री सहयोग गर्नुभयो र भवन निर्माण हुन सक्यो ।
लोकखबर : १२० दिनको लकडाउनको बेलामा भवन निर्माण सम्पन्न भयो नि होइन ?
कडेल –  हो संसार भरि कोभिड १९ कोरोना भाइरसले आक्रान्त पारेको बेला नेपालमा पनि संक्रमण फैलिएको बेला थियो र अहिले पनि यथावत् नै छ जतिबेला काम गर्ने मान्छे पाउन मुश्किल हुन्छ , निर्माण सामाग्री भनेको बेलामा पाईदैन , सामाग्री खरिद गर्न रकम आवश्यक हुन्छ । आर्थिक मन्दि हुँदै गरेको बेलामा काम गर्न सजिलो थिएन तरै पनि अनेकौं माश्किल हुँदाहुँदै पनि समुदायमा सेवा पुर्‍पाउने उद्देश्यले गरेको काम भएको कारणले भवन निर्माणमा सबैले सहयोग गर्नुभयो र भवन निर्माण गरि उद्घाटन गर्न सफल भयौं ।
लोकखबर : उपकेन्द्रको समिति गठन भएको छ कति सदस्यीय कार्यसमिति गठन गरिएको छ ?
कडेल – ७ सदस्यीय कार्य समिति गठन गरिएको छ । नागरिक समाजका प्रतिनिधीहरु लगायत्का ब्यक्तिहरु सल्लाहकार को रुपमा रहनु भएको छ ।
लोकखबर : भवन निर्माण पछि के – के काम भयो त ?
कडेल – कोरोना भाइरस्ले आक्रान्त पारिरहेको अवस्थामा यातायातका चालक , सहचालकहरु बिचमा जनचेतना मुलुक कार्यहरु गरियो । माक्स नलगाउने चालक – सअचालकहरुलाई माक्स वितरण , यातायातमा सवार गर्ने यात्रुहरुलाई माक्स वितरण , सेनिटाइजर प्रयोग बारे जनचेतना मुलुक कार्यक्रम र चेतना मुलुक सन्देश यु्क्त र्‍यालिहरु जिल्ला प्रहरी कार्यलय , ट्रफिक प्रहरी कार्यलयको साझेदारिमा गरियो ।
लोकखबर :  अरु के – के गरियो त ?
कडेल – त्यो बाहेक समुदायमा परेको पारिवारिक झगडाहरुमा मध्यस्थताको भूमिका गरि मेलमिलापमा ल्याउने कामहरु पनि भैरहेका छन् ।आफुखुशाी गर्न खोजेकाहरुलाई पनि सम्झाइ -बुझाइ बाँचेर केहि गर्नुपर्छ भन्ने कुराको बोध गराई परिवारमा मिलापत्र गराएका छौँ । बाबुबाट बलात्कृत युवतिलाई कानुनी रुपमा न्याय दिलाउन सम्बन्धित् निकायमा जिम्मा दिएका छौँ । यस्तै अन्य सामाजिक बिकृति , बिसंगति विरुद्द पनि आवाज उठाउँने , सम्झाउने – बुझाउने र जिल्ला प्रहरी कार्यालय पठाएर मात्रै समाधान हुने केशहरुलाईजिल्ला प्रहरी कार्यालय पठाउन समन्वय गरिदिने कार्यहरु भैरहेको छ ।
लोकखबर :  साझेदारी गर्न अरु संघ संस्थाहरु पनि छन् कि?
कडेल – छन् । सानाहातहरु , माइती नेपाल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय लगायत्का संघसंस्थाका प्रतिनिधीहरुले पनि सहकार्यमा कामहरु गरिराख्नु भएको छ । हामी मिलेर काम गरिरहेका हुन्छौँ ।
लोकखबर  : हेटौंडा १० भन्दा बाहिरका केशहरुलाई कसरी हेर्नुहुन्छ ?
कडेल –  हेटौंडा-१० स्थीत हेटौंडा बसपार्कमा देशैभरिका मानिसहरु सवारी साधानका माध्यमहरुबाट यात्रा गरिरहेका हुन्छन् । त्यहि अवस्थामा भेटिएका गैरकानुनी प्रकृयाका गतिविधीहरुलाई पनि केशको अवश्था हेरेर साझेदारीमा काम गछौँ र अलि ठूला किसिमका गतिविधी भएमा जिल्ला प्रहरी कार्यालयमा जिम्मा दिने काम गछौँ । प्रहरी हाम्रो साथी , सबै नागरिक बर्दि बिनाको प्रहरी भनेझै त्यति निगरानी राख्ने काम जोकोहिले पनि गर्न सक्छन् र बिकृति बिसंगतिविरुद्द वकालत् गर्नु हामी सबैको दायित्व पनि हो ।
लोकखबर : भाबि योजनाहरु के- के छन् त ?
कडेल – हाम्रो भाबि योजना भनेको हेटौंडा १० को वरिपरि घटेको घटनाहरुको प्रत्यक्ष निगरानी राख्ने , समाजलाई लागुऔषध , मध्यपान , धु्रमपान बिकृति बिसंगति रहितको बनाउने र सामुदायको सेवामा खट्ने हाम्रो योजना हो । यसको समय सिमा छैन यो निरन्तर चलिरहन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*