घरको मुख्यद्वार नजिक नहोस् यी ५ चिज
मकवानपुर ।हाम्रो घरभित्र वा बाहिर सकारात्मक र नकारात्मक दुबै शक्ति रहने गर्दछ । वास्तुशास्त्र अनुसार केहि उपाय अपनाएमा घरभित्रको नकारात्मक शक्ति नष्ट भएर जान्छ ।
नकारात्मक शक्ति वा ऊर्जा केवल घरभित्र मात्र हुदैन यो घरको आसपासमा समेत हुनसक्छ । जसलाई वास्तुको केहि उपाय मार्फत नाश गर्न सकिन्छ । यसका लागी घरभित्र मात्र होइन घरको मुख्यद्वारमा समेत विषेश ध्यान पुर्याउनु पर्दछ । वास्तु अनुसार घरको मुख्यद्धारको आसपासमा निम्न चिज हुनुहुदैन ।
१.वास्तु अनुसार घरको मुख्य ढोकाको सम्मुखमा रुख वा खम्बा हुनु हुदैन । यसले सन्तान कष्ट बढाउँछ ।
२. मुख्यद्वारको सामु खाल्डो वा कुवा हुनु हुदैन अन्यथा मानसिक रोग र अन्य स्वास्थ्य समस्या बढ्न सक्छ ।
३. वास्तुशास्त्र अनुसार मुख्यद्धारको सामुन्ने हिलो हुनु हुदैन अन्यथा शोक बढ्ने गर्दछ ।
४. बाटोको अन्त्य भएको सामु पारेर घरको मुख्य द्वार हुनुहुदैन । यसले ठुलो क्षती गराउन सक्छ ।
५. मुख्य द्वारको सामु फोहोर वा धमिलो पानी समेत हुनुहुदैन यस्तो भए आर्थिक मामलामा क्षती बेहोर्नु पर्ने हुनसक्छ ।
खबरहब डटकमबाट