तारकेश्वरमा पिउनेपानीको योजना

अध्यक्षले गरे अनुगमन
लोकखबर
२०८२ बैशाख २५, बिहीबार २१:४९

बिदुर–नुवाकोटको तारकेश्वर गाउंपालिकामा खानेपानी योजना निर्माण भएको छ । यसवाट गाउंवासीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
वागमति प्रदेश सरकारको ९९ लाख रुपैयाको वजेटमा तारकेश्वर गापा २ भवनडांडा पिउने पानीको ट्याकंी, तारकेश्वर ३ वरचौरमा संकलन ट्याकंी, मेनलाइन पाइप र चौतारागाउंमा धारा निर्माण कार्य गरिएको छ । ति योजनाहरुको गापा अध्यक्ष शिव अधिकारी अविरलले स्थलगत अवलोकन गरे ।
उनले निर्माण पक्षलाई गुणस्तरिय, टिकाउ र प्रभावकारी रुपमा निर्माण गर्न निर्देशन दिए । सो खानेपानी योजनावाट तारकेश्वर २ का चौतारागाउंमा रहेको ४० घरमा धारासमेत निर्माण गरिएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको