सांसद तथा पुर्वमन्त्रि अनुगमनमा

योजनाको गुणस्तरियता तथा प्रभावकारिताको सम्वन्धमा अन्र्तक्रिया
लोकखबर
२०८२ जेष्ठ १, बिहीबार १५:२१

विदुर–नुवाकोटका विभिन्न योजनाहरुको अनुगमनका लागि सांसद तथा पुर्वमन्त्रि आफैं खटिएका छन् । वागमति प्रदेश सभाकी सदस्य, पुर्व उपसभामुख तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङ अनुगमनका लागि गाउ. पुगेकी हुन् ।
प्रदेश सरकारबाट विनियोजित योजनाहरुको अनुगमन गर्दै तामाङले गुणस्तरिय र प्रभावकारी निर्माणका लागी निर्देशनसमेत दिइन् । तामाङले बागमती प्रदेश सरकारबाट तादी गाँउपालिकामा विनियोजित योजनाहरुको स्थलगत अनुगमनका साथै स्थानीयवासीसंग अन्र्तक्रियासमेत गरेकी छन् ।
तामाङले तादी ५ र ६ मा प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानीलगायतका क्षेत्रमा विनियोजित योजनाहरुको स्थलगत अनुगमन गरेकी हुन् । तामाङको पहलमा बागमती प्रदेशबाट शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी, पहिरो नियन्त्रणलगायत क्षेत्रमा करौडौ रुपैयाँ विनियोजन भएको थियो ।
अनुगमनको क्रममा प्रदेश सभा सदस्य तामाङले विभिन्न बिकास निर्माणका कार्यहरु अझै अधुरा रहेकाले आगामी दिनमा जनताको भावना अनुरुपनै कार्य गर्दै जाने र अधुरा विकास निर्माणका कार्यहरु पुरा गर्दै जाने प्रतिवद्धता जनाइन् । अनुगमनको क्रममा तामाङले सरकारबाट विनियोजित रकम जनताकै भएकाले गुणस्तरिय र दीर्घकालीन हुने कार्य गर्न निर्माण पक्षलाई निर्देशन दिइन् ।
उनले बिकास निर्माणका कार्यमा सदैब खबरदारी गर्न स्थानीय जनतालाई सचेत गराइन् । जनताका लागि विकासनिर्माण गरिएका कारण यसको गुणस्तरियता प्रभावकारी हुनु पर्नेउनले वताइन् ।


सर्वाधिक रुचाइएको