वजारीकरणमा कौशी खेति कार्यक्रम

महिलाहरुलाई प्रशिक्षण
लोकखबर
२०८२ जेष्ठ १७, शनिबार ११:४१

विदुर–वढिरहेको वजारीकरणमा तरकारीको मागसमेत वढिरहेको अवस्थामा नुवाकोटको विदुर नगरपालिकाले महिलाहरुलाई कौशी खेतिपव्रति जागरुक गराएको छ । कौशीमा गरिने तरकारीलगायतका विभिन्न खेतिको वारेमा जानकारी गराएको छ ।
कार्यक्रमअन्र्तगत सन्चालित सो तालिममा विदुर नपाका ४४ जना महिलाले पाँचदिने कौसी खेतीसम्बन्धि जानकारी लिएका हुन् । तालिमपछि सहभागीहरूलाई कौसी खेतीका लागि आवश्यक सरसामानसमेत वितरण गरिएको छ ।

घरको कौसी, बरण्डा तथा छतमा खेती गरिरहेका स्थानीय बासिन्दालाई कौसीखेती सम्बन्धी तालिम दिइएको हो । हाल तिव्र शहरीकरणका कारण कृषियोग्य जमिन घट्दै गएको अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौसी खेती सम्बन्धि सिप प्रदान गरिएको विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।
सहभागी किसान तथा गृहिणी महिलाहरुलाई सहजकर्ताहरु मदनराज न्यौपाने, सविता घिमिरे र यसोधा रिजाल लगायतले कौशी खेति प्रविधि र यसको महत्वका वार्ेमा जानकारी गराएका थिए । नुवाकोटको सदरमुकाम विदुरमा जनघनत्व वढेर शहरीकरण वढिरहेको छ ।


सर्वाधिक रुचाइएको