बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोल र डिजेलमा वढ्यो, हवाई इन्धनमा घट्यो
लोकखबर
२०८२ जेष्ठ १७, शनिबार २२:४९

विदुर– पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । स्वचालित प्रणाली अनुसार इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले शनिवार मध्यराती १२ वजेदेखि लागू हुने गरि पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।


सर्वाधिक रुचाइएको