मर्न किन बाध्य हुदैछन् महिला ?

भगवती पुडासैनी
२६ असार २०७६, बिहीबार १२:३८

मेरो दिमागमा दिनरात एउटै प्रश्नले घर गरेर बसिरहेको छ । अझै पनि समाजले महिलालाई किन मर्न बाध्य बनाईरहेको छ ? हामीसंग ऐन,कानून,नियमको खाँचो छैन ठूला र विकसित भनिएका राष्ट्रमा नभएको महिला लक्षित संविधान हामीले पाएका छौं ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी महासन्धीमा हाम्रै नेताहरुले विना स्वार्थ हस्ताक्षर गरेर नेपाल पक्ष राष्ट्र बनेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्छाै ,बेईजिङ सम्मेलनमा पहिचान भएका महिलाका गम्भिर १२ सवालमाथि एक-एक सम्बोधन गर्छौ भनेर पहिल्यैदेखि नेपाल सरकारले प्रतिवद्दता गर्दै आईरहेको छ तर पनि समाजमा घटना झन बढ्दो छ ।

देशमा परिवर्तन आए हाम्रै लागि शान्ति र अमन चयन भित्रिने छ भनेर हरेक जनआन्दोलनमा होमिएका हामी,सहिद हुन पनि पछि नपरेका हामी के भयो त खै ? नयाँ संरचना, नयाँ व्यवस्था जे जे आएपनि । देशले मुहार फेर्याे रे, देशमा शान्ति आयो रे ! कसरी फेर्याे मुहार ? कहाँ आयो शान्ति ? ती पिडित महिलाहरुको त्यो अबोध अनुहारले यही सोधिरहेको छ । म आफू पनि आफैंलाई बारम्बार प्रश्न सोध्दैछुु के व्यवस्था फेरिए पनि महिलाको अवस्था उस्तै हो त ? यो देशमा परिवर्तन आएको भए कसैका लागि आयो होला, तर अबोध, वेसाहारा महिलाका लागि केही आएको छैन । समाजद्वारा पछाडि पारिएका महिलाका लागि केबल आएको छ त हत्याहिंसा,बलात्कारसंगै रोदन र चित्कार आएको छ । सोचेभन्दा धेरै नाबालक शिशुदेखि ८० वर्षे वृद्द आमाहरुसम्म बलात्कारको शिकार बनिरहेका घटनाले मन छिया- छिया भएको छ । हामीले गर्भैदेिख हुर्काएको पारिवारिक, सामाजिक, राजनीतिकसंगै संघीय संरचनाले दिएको फल के यस्तै देख्न र भोग्न हो र ? मेरो मनमा यस्तै-यस्तै प्रश्नले घोचिरहेको छ ।

अहिलेको ताजा घटनाले यो मुटु पोलिरहेको छ । दिमाग चिथोरी रहेको छ । सुन्दै,पढ्दै आँखा टल्बलाएर आउँछ हिंसा पीडित महिला रोशना खातुनले के यो धर्तिमा टिक्न नसक्ने भएर आफ्ना प्यारा चार सन्तानसहित सप्तकोशी नदीमा हामफालेर मर्न पर्ने कठोर निर्णय कसरी गरिन ? किन मार्न र मर्न बाध्य भईन ? के यो प्रश्नको जवाफ कहिँ कसैसंग छ ? यही निर्दयी समाजलाई चुनौती दिदै यो संसारबाट टाढा रहन खोजिन् । संसारदेखि हार खाएर भाग्न खोजिन् । मलाई राजविराजको यो घटनाले दिनरात चिमोेटी रहेको छ । कति दुख,पीडा सहेर हुर्काएका आफ्नो प्यारोे मुटुको टुक्रा ति सन्तानलाई आमा आफैंले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन् । तर, गत शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर सार्वजनिक भएपछि एउटी वेसाहाराले साहारा खोज्दा घर पक्षले माईत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना चार सन्तानसहित सप्तरीको सप्तकोशी नदीमा हाम फालेको प्रत्यक्षदर्शीले प्रशासनलाई जानकारी दिएपछि यो समाचार मिडियामार्फत सार्वजनिक भएको रहेछ । चार-चार जना सन्तान भईसकेकी आमाले यो गम्भीर निर्णय गर्ने अवस्थासम्म पुग्दा त्यो समाजमा उनका लागि कयौं यस्ता दर्दनाक घटनाहरु घटे होला । ती दिनमा कति पटक मर्दै बाँच्दै गर्थिन होला के त्यो समाजले देखेन होला र ? बारम्बार एउटी महिलाको रोदन र चित्कार सुनेर कसरी मौन बस्न सक्छ एउटा सभ्य समाज ?

 

अझ धेरै त अहिलेको ताजा घटनाले यो मुटु पोलिरहेको छ । दिमाग चिथोरी रहेको छ । सुन्दै,पढ्दै आँखा टल्बलाएर आउँछ हिंसा पीडित महिला रोशना खातुनले के यो धर्तिमा टिक्न नसक्ने भएर आफ्ना प्यारा चार सन्तानसहित सप्तकोशी नदीमा हामफालेर मर्न पर्ने कठोर निर्णय कसरी गरिन ? किन मार्न र मर्न बाध्य भईन ? के यो प्रश्नको जवाफ कहिँ कसैसंग छ ? यही निर्दयी समाजलाई चुनौती दिदै यो संसारबाट टाढा रहन खोजिन् । संसारदेखि हार खाएर भाग्न खोजिन् । मलाई राजविराजको यो घटनाले दिनरात चिमोेटी रहेको छ । कति दुख,पीडा सहेर हुर्काएका आफ्नो प्यारोे मुटुको टुक्रा ति सन्तानलाई आमा आफैंले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन् । तर, गत शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर सार्वजनिक भएपछि एउटी वेसाहाराले साहारा खोज्दा घर पक्षले माईत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना चार सन्तानसहित सप्तरीको सप्तकोशी नदीमा हाम फालेको प्रत्यक्षदर्शीले प्रशासनलाई जानकारी दिएपछि यो समाचार मिडियामार्फत सार्वजनिक भएको रहेछ । चार-चार जना सन्तान भईसकेकी आमाले यो गम्भीर निर्णय गर्ने अवस्थासम्म पुग्दा त्यो समाजमा उनका लागि कयौं यस्ता दर्दनाक घटनाहरु घटे होला । ती दिनमा कति पटक मर्दै बाँच्दै गर्थिन होला के त्यो समाजले देखेन होला र ? बारम्बार एउटी महिलाको रोदन र चित्कार सुनेर कसरी मौन बस्न सक्छ एउटा सभ्य समाज ? मेरो प्रश्न यहाँ छ ! आफ्नो घरपरिवारको असैय हिंसालाई समाजले आँखा चिम्लिएर,मुखमा पानी हालेर बस्छ भने ती महिलाले सुरक्षा र संरक्षणका लागि माईती नै रोजिन् जाने पनि त्यै हो ! तर त्यहाँ पनि साहारा नपायपछि त्यो भन्दा विकल्प, अन्तिम उपाय उनका लागि सन्तानको हत्या र आफ्नो आत्महत्या नै रोज्न बाध्य भईन् ।

समाजले यस्ता अन्याय माथि आवाज उठाउँदैन ,पिडीतलाई न्याय दिदैन र अन्यायकै पक्षमा वकालत गर्छ , मलजल गर्छ भने यस्ता घट्नाको दोषी परिवारसंगै त्यो समाज पनि हो । यसको जवाफदेही त्यो समाज नै हुनुपर्छ । जसरी राम्रा कामको श्रेय र वा समाजले पाउँदा खुसी हुन्छ भने यस्ता हजारौं रोशनाहरुलाई समाजले न्याय दिनुपर्छ । उनीहरुको पक्षमा वकालत गर्नुपर्छ । समाजमा सामाजिक जिम्मेवारी नहुदासम्म समाजकै अगाडी मर्न बाध्य हुदैछन महिला ।

लेखक पुडासैनी, जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुख हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*