मकवानपुरगढीमा २०७७ को नयाँ वर्षका दिनबाट भ्यू टावर सञ्चालन गरिन्छ : बोगटी

शिव चौलागाईं
४ श्रावण २०७६, शनिबार १६:१८

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, मनकामना डाँडामा भ्यू टावर निर्माणको तयारी गरिएको छ । स्काइ टच नामक भ्यू टावर निर्माण गर्नका लागि यही भदौ २३ गते शिलान्यास गर्ने लगानीकर्ताको तयारी छ । पर्यटन व्यवसायका साथ २८ कठ्ठा क्षेत्रफलको जग्गामा करिब १४ करोड लागतमा निर्माण गर्ने योजना बनाइएको ६१ मिटर अग्लो भ्यू टावर र ११ देखि १३ करोड रुपैयासम्म लागत लाग्ने अनुमान गरिएको होटल लगायत संरचनाका निर्माणपछि मकवानपुरगढी तथा मकवानपुर जिल्लालाई पर्यटन प्रर्बदनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका स्थानीयबासीलाई पनि शेयर दिने गरी टावर निर्माण गरिने जनाइएको छ । भ्यू टावर सञ्चालन गर्ने सोच, यसको निर्माण कार्य, यसबाट हुने फाइदा लगायत विषयमा भ्यू टावर निर्माण गर्ने लगानीकर्ता मध्येका मुख्य  लगानीकर्ता राजाराम बोगटीसंग लोकखबर डटकमका शिव चौलागाईंले गरेको कुराकानी ।

कुन सोचका साथ भ्यूटावर निर्माण गर्ने तयारीमा हुनुहुन्छ ?
नेपाल भूपरिवेष्ठित, हरियाली, डाँडाकाडा, हिमालले भरिएका, जलस्रोतको धनी देश हो । यी कुरा हामीले सानैदेखि देखिराखेका छौं । विदेशको मरुभूमीलाई मानिसले हरियालीमा परिणत गरेर संसारको आकर्षणको केन्द्र बनाएर, विश्वको ठूल-ठूलो भवन बनाएर मान्छेलाई लोभ्याइ राखेका छन् । जबकी हाम्रो देशमा प्रकृतिले दिएको ८८४८ मिटर अग्लो हिमसृङ्खला रहेको छ । आज प्रचारको कमीले गर्दा हामी पछाडी परिरहेका छौं । हाम्रै नजिक रहेको भारत हेरौं, चाइना हेरौं, यी दुई वटाको जनसङ्ख्या हेर्ने हो भने विश्वको एक तिहाइ जनसङ्ख्या उनीहरुले होल्ड गरिराखेका छन् । हामीसंग समुन्द्री मार्ग छैन । तर हामीसंग रहेको स्थलगत मार्गबाट पर्यटकहरु हाम्रोमा आउँन सक्छन् । दुवै देशका तर्फबाट बाटो पनि छ । यहाँको नागरिक पैसा खर्च गरेर विदेश घुम्न जान्छन् । चाइनाबाट मात्र बार्षिक १७ करोड मान्छे अरु देशमा घुम्न जाने गर्छन् । उनीहरुले अर्बौ रुपिया खर्च गर्छन् । भारतबाट मात्रै सवा पाँच करोड जनता युरोप, मिडिल इस्ट घुम्न जाँदा रहेछन् । उनीहरु अफ्रिकन देशमा पनि जाँदा रहेछन् । उनीहरुले पनि राम्रै पैसा खर्च गर्दा रहेछन् । यी सबै कुराहरु सुनिरहँदा, बुझिरहँदा मेरो दिमागमा पहिल्यै देखि मकवानपुर जस्तो ठाउँ जुन रक्सौल बोर्डरबाट नजिक, हरेक कुराले नेपालकै मध्य भागमा छ । कुनै पनि ठाउँमा सहज हेटौंडाबाट पर्यटकीय हिसाबमा जोड्न सकियो भने यो धेरै राम्रो हुन्छ भनेर मैले धेरै अगाडीबाट सोेच बनाएको थिए । सत्र वर्षको उमेरमा वि.सं. २०६२ साल भदौ १ गते मैले मेचिमहाकाली साइकल यात्रा गरेको थिए । त्यतिखेरको मेरो साइकलयात्रा शान्तिका लागि थियो । त्यो कसरी भने शान्ति, एकता, मित्रता र सद्भावना हरेक नेपालीको चाहना, शान्तिको कामना भन्ने मूल नारा लिएर द्वन्द्वको अवस्थामा मैले साइकल यात्रा गरे । मकवानपुर जिल्ला धार्मिक पर्यटनका हिसाबले बाराको अमलेखगञ्जबाट मकवानपुर छिर्दा छिर्दै चुरियामाईसम्म आउँदा एक किसीमको वातावरण पाउँनुहुन्छ, त्यहाँबाट हेटौंडा आउँदा अर्को किसिमको पाउँनुहुन्छ । यहाँ गर्मी भयो, चिसोमा जान मन लाग्यो भने कुलेखानी जान सकिन्छ । मार्खु, सिमभञ्ज्याङ् दामन छ । त्यहाँ जाँदा अर्कै वातावरण भेट्न सकिन्छ । एउटै जिल्लाभित्र समुन्द्री लेभलदेखि २५ सय मिटरसम्मको डेढ दुई घन्टामै विविधता पाउँन सकिन्छ मौसममै पनि । यस्तो ठाउँलाई किन उजागर नगर्ने ? किन पर्यटन क्षेत्रलाई बढावा नदिने ? के कारण मकवानपुर जिल्ला पछाडी पर्‍यो ? पर्यटनका लागि यस्ता सोच जहिल्यै आइरहन्थ्यो । वि.सं.२०६७ सालदेखि मैले केही गर्नुपर्छ भनेर म अगाडी बढेको हुँ ।

एउटै जिल्लाभित्र समुन्द्री लेभलदेखि २५ सय मिटरसम्मको डेढ दुई घन्टामै विविधता पाउँन सकिन्छ मौसममै पनि । यस्तो ठाउँलाई किन उजागर नगर्ने ? किन पर्यटन क्षेत्रलाई बढावा नदिने ? के कारण मकवानपुर जिल्ला पछाडी    पर्‍यो ? पर्यटनका लागि यस्ता सोच जहिल्यै आइरहन्थ्यो । वि.सं.२०६७ सालदेखि मैले केही गर्नुपर्छ भनेर म अगाडी बढेको हुँ।

भ्यू टावर कसरी, कुन रुपमा निर्माण गरिदैछ ?
हेटौंडा भनेको पिँध जस्तो छ तालको । माथिको डाँडा हेटौंडा बजारभन्दा २ सय २० मिटर माथि छ । बजारबाट डाँडातिर हेर्दा आकाशतर्फ हेरेको जस्तो हुने, ५० मिटरको टावर बन्दाखेरी त्यसले चाँही आकाश छुन लागेको जस्तो देखिने भएर स्काई टच भ्यू टावर भनेर नाम राखेको छु। टावरबाट हेटौंडा उपमहानगरको १९ वटै वडा मकवानपुरगढी गाउँपालिकाको ६ देखि ७ वटा वडा र भीमफेदी गाउँपालिकाको एउटा वडाबाट यो देख्न सकिन्छ । समग्रमा भन्दा दुई लाख जनाले हरेक दिन यो ठाउँ देख्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

निर्माणको पहल तपाईंले गर्नुभएको छ । अहिले लगानी चाँही कसरी जुटाउँदै हुनुहुन्छ ?
मुख्य रुपमा लगानीकर्ता म हुँ भने म सहित चार जना लगानीकर्ता छौं । यसको भिजन, सोच सबै मैले नै बनाएको हुँ । मकवानपुरगढी गाउँपालिकाको ८ वटा वडाका स्थानीयलाई ३५ प्रतिशत शेयर दिनेछौं । बाँकी ६५ प्रतिशत शेयर हामी आफैं लगानी गर्छौ । हामी ५० मिटरमाथि एउटा कन्फ्रेन्स हल बनाउँछौं, ३० जना बसेर बैठक गर्न मिल्ने । प्रति घन्टा यति रुपैया भनेर हामी पैसा लिनेछौं । लिफ्टबाट माथि गएर हामीले हेरे बापत प्रतिव्यक्ति ९० रुपैया एक जनासंग लिने योजना बनाएका छौं । नेपालमै पहिलो पटक भ्यु टावरबाट बञ्जिजम्प बनाउँदैछौं। त्यहाँ ५० मिटरको बञ्जिजम्प हुन्छ । यसमा डोरीबाट चिप्लने खेल ४ सय ४८ मिटरको बनाउँदैछौं । यसमा माथि एउटा नेपालको झण्डा राख्छौं । टेलिकम वा एनसेल कसैले टावर भाडामा राख्न चाहेको खण्डमा त्यो भाडामा दिन्छौं । टावरमा एक दुई महिनाका लागि कसैले विज्ञापन गर्न चाह्यो भने हामी चार्ज लिएर विज्ञापन गर्न दिन्छौं ।

होटल पनि संगसंगैं सञ्चालन गर्ने तपाईको तयारी छ । कहाँ कहाँबाट पर्यटक आउँलान् ? पर्यटकलाई के कस्तो सुविधा हुन्छ ?
हेटौंडाबाट लुम्बिनी, पोखरा, सौराह, काठमाडौं, वीरगञ्ज नजिक छ । तीन-चार घन्टा भनेको पर्यटनका लागि केही पनि होइन । मुक्तिनाथ जान २-३ दिन लगाएर जानुहुन्छ । रारा जान एक हप्ता छुट्टाएर जानुहुन्छ । पारिवारिक भ्यू प्वाइन्ट तथा पारिवारिक वातावरणको होटल र कपललाई पनि सुन्दर, शान्त र सुरक्षाका हिसाबमा पनि एकदम राम्रो मनकामना माताको काँखमा रहेको ठाउँ हो यो । नजिकै सौराहमा बर्षमा ३ लाख साँढे ३ लाख पर्यटक आउँछन् । तर तीन सय जना पनि हेटौंडा आउँदैनन् । किनभने यहाँका होटल व्यवसायीको प्याकेजेजहरु नबनाउँने, आ-आफ्नो होटल आ-आफ्नो हिसाबमा चलेको छ । तर उहाँहरुले टुरिजमलाई फोकस गर्नुभएन । किनभने होटलको एउटा पनि टुरिस्ट बस यहाँ छैन । उहाँहरुले वान नाइट टु डेज प्याकेज केही पनि बनाउँनुभएको छैन । मकवानपुरमा यदि होटल व्यवसायीहरुले यति ठूला होटल बनाइ राख्नुभएको छ भने यहाँबाट एउटा बस हालिदिने हो भने सौराहबाट टुरिष्ट पठाउँन त्यहाँबाट पक्कै नाइँ भन्दैनन् । किनभने २०६७ सालमा म हेटौंडा रिर्सोटमा हुँदाखेरी चितवन होटल व्यवसायी संघ, पोखरा, काठमाडौंको होटल व्यवसायी संघको सबै मान्छे बोलाएर तीन दिन राखेर मैले अन्तरक्रिया कार्यक्रम गर्दा पनि त्यो बेलामा पनि यही कुरा भएको थियो । हेटौंडामा तपाईहरु दश पन्ध्र वटा होटलहरु मिल्नुहोस्, बसहरु हाल्नुहोस्, हामीलाई त झन् वान-नाइट टु डेज थप्न पाए झन् राम्रो । तपाईंहरुको धार्मिक, ऐतिहासिक कुराहरु छ । जस्तै, मकवानपुरगढी झण्डै तीन सय वर्ष पूरानो इतिहास बोकेको छ । माथि चिसापानीगढी छ । मार्खु, चित्लाङ, दामन पालुङलाई समेट्नसक्छौं भनेर उहाँहरुले प्रस्ताव राख्नुभएको थियो । त्यो बेलामा यो कुरामा मात्र सिमित भएको थियो । त्यही भएर मैले अहिले समग्रमा पर्यटन क्षेत्रलाई अगाडी बढाउँन सबै जना मिलेर अगाडी जानुपर्छ भन्ने लाग्छ । हामीले टुरिजमका हिसाबमा धेरै देखेको रक्सौल हो । यहाँबाट ५७ किलोमिटर नजिक छ । विहारमा त्यति धेरै जनसङ्ख्या छ, युपी यही नजिक छ । बङ्गाल नजिक छ । सिक्कीम नजिक छ । त्यहाँ ३०-३५ करोड मानिसहरु हुनुहुन्छ । उहाँहरुलाई पनि हामीले केन्द्रित गराउँनसक्छौं ।

मार्खु, चित्लाङ, दामन पालुङलाई समेट्नसक्छौं भनेर उहाँहरुले प्रस्ताव राख्नुभएको थियो । त्यो बेलामा यो कुरामा मात्र सिमित भएको थियो । त्यही भएर मैले अहिले समग्रमा पर्यटन क्षेत्रलाई अगाडी बढाउँन सबै जना मिलेर अगाडी जानुपर्छ भन्ने लाग्छ । हामीले टुरिजमका हिसाबमा धेरै देखेको रक्सौल हो । यहाँबाट ५७ किलोमिटर नजिक छ । विहारमा त्यति धेरै जनसङ्ख्या छ, युपी यही नजिक छ । बङ्गाल नजिक छ । सिक्कीम नजिक छ । त्यहाँ ३०-३५ करोड मानिसहरु हुनुहुन्छ । उहाँहरुलाई पनि हामीले केन्द्रित गराउँनसक्छौं ।

यहाँहरुले बनाउँन थाल्नुभएको होटल नौलो खालको हुन्छ भन्नुभएको छ यो कुन, कस्तो खालको होटल हुनेछ ?
नौलो खालको भन्दा पनि वातावरणमैत्री भनौं न । मानिसलाई बिल्डिङमै राख्ने भन्दा पनि अहिले आएको प्रिफ्याबहरु प्रयोग गरेर काठहरु सकेसम्म कम प्रयोग गर्ने, ढलानहरु नगरीकन हेर्दाखेरी टिपिकल नेपाल स्टाइलको रुममा बस्दाखेरी पनि जग्गा पनि दक्षिण पश्चिम मोहडा भएको भएर मनकामना माता र पाथिभारा माताको दर्शन गर्न पाउँने र हेटौंडा बजार पनि देखिने, बजारभन्दा २ सय २० मिटर माथि हाइटमा रहेको ठाउँमा जान पनि दश मिनेटमा पुगिने ठाउँ हो । अगाडी भ्यू टावर संगै अहिले केबलकारको कुरा पनि अघि बढाइरहेका छौं । तीस वटा पसल कबल पनि हामीले बनाउँदैछौं । मन्दिर दर्शन गर्ने हिसाबले हेटौंडाका होटलकै मूल्यमा त्यो ठाउँमा गएर पारिवारिक वातावरणमा बस्न पाउँने व्यवस्था मिलाउँनेछौं ।

भ्यू टावर, होटल निर्माणका लागि स्थानीय सरकारसंग चाहीं कसरी समन्वय गर्दै हुनुहुन्छ ?
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षले हामीलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुसंग समन्वय गरेर गाउँपालिकाका ८ वटै वडाका स्थानीइलाई ३५ प्रतिशत शेयर हाम्रो कम्पनि दिनेछ । भोलिका दिनमा सय रुपैया नाफा कमाउँदा ३५ रुपैया चाँही एउटा गाउँपालिकामा गयो भने त्यसले समाजमा विकासका लागि सहयोग पुग्छ । स्थानीयले लगानी गर्दा हाम्रो आफ्नै भन्ने अपनत्व पनि हुन्छ ।
पहिला कङ्क्रिटको २१ तलाको बनाउँने कुरा थियो । भूकम्पीय जोखिम, डाँडाको टुप्पामा रहेकाले पनि पहिलाको डिजाइनलाई परिवर्तन गरेर स्टिल स्टक्चरतर्फ हामी गएका छौं । जहाँबाट पनि हावा छिर्ने गरी खुल्ला रुपको टावर बनाउँदैछौं । आगामी भदौ २३ गते शिलान्यास गर्ने तयारीमा छौं, चैतको अन्तिमसंग निर्माण सकेर अब आउँदो २०७७ साल वैशाख १ गते नयाँ वर्षका दिन भ्यू टावर र होटल सञ्चालनमा ल्याउँदैछौं ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *