लोभी र पापी कहिल्यै कम्युनिस्ट हुनै सक्दैन !
संसारभरिका मजदुरहरू एक होऊ भन्ने उद्घोषका साथ शुरू भएको कम्युनिस्ट आन्दोलन अहिले विश्वका अधिकांश देशहरूमा विभिन्न प्रकारका प्रयोगको माध्यमबाट अघि बढिरहेको छ । कार्लमाक्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिगका माध्यमबाट संगठित रूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपुर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारको विभिन्न प्रकारले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो । भन्ने मान्यता राख्ने वैज्ञानिक समाजवाद र साम्यवादका प्रणेता कार्लमाक्सले घनिस्ट मित्र एंगेल्सको सहयोगमा कम्युनिस्ट आन्दोलनमा दार्शनिक र सैद्धान्तिक आधार तयार गर्ने काम गर्नु भएको हो । २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए। ५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो । यो सब कारण भनेको मनमा लोभ र पाप थियो जनता को काम भन्दा पनि कम्युनिस्ट हरु पदिय लोभ मा पार्टी फुटायर अध्यक्ष बन्ने ध्यान गयो अझ पछिल्लो चरण मा मन्त्री बन्न पार्टी फुटाउने खेल धेरै भयो । अहिले आयर हामी सत्तामा नहुदा जनताको काम बहुत गर्ने जनताको घरमा बस्ने जनताका लागि ज्यान दिन तयार हुने तर सत्तामा पुगेपछि राजा महाराजा भय जस्तो गर्ने यस्तो प्रबृत्तिले जनतामा कम्युनिस्टलाइ हेर्ने नजर फरक पर्दै गएको महसुस भयको मा दु:ख लागेको छ। अर्को कुरा, यो कम्युनिस्टलाइ परीक्षा पनि हो। पास भए सबै आन्दोलनले सार्थकता पाउँछ । फेल भए देश ले फेरी अर्को द्वन्द निम्ताउछ।कम्युनिस्ट दियालो बालेर खोज्नुपर्ने हुनसक्छ। त्यसैले सम्पुर्ण सबै तहका सबै पदका कम्युनिस्ट जनप्रतिनिधिहरु ले एक पटकपटक ठन्डा दिमाग ले सोचेर काम गर्न अनुरोध गर्दछु।
ठिक प्रतिकृया दिनु भाे यहांले । तर कति अाफु ब्यबहारिक भईयाे बिष्लेशन गर्नु पर्छ ।दाेष अरूका धेरै हाेलातर आफू कति दाेष रहित छ मुल्यांकन हाे ।