कोरोना भाइरसले सिकाएको पाठ
आज मानव जीवनमाथि एक भाइरसले आक्रमण गरिरहेको छ । यो भाइरस अत्यन्त सानो छ । चाहे जहाँबाट फैलिएको होस् । पहिले अमेरिकी सैनिकले चीनमा छाडेर गए भनियो । पछि अमेरिकाले यो चाइनिज भाइरस भन्यो । विश्व स्वास्थ्य संगठनले कुनै भूगोल विशेष नभई मानवीयता हो, चाहे जहाँको भएपनि मानव विरुद्द भएकाले सबैले मिलेर यसलाई हटाउनुपर्छ भनि सही सूचना दिई राम्रोसंग काम गर्यो । बीस राष्ट्रको बैठकमा अमेरिकाले तेरो भाइरस भनि चीनमाथि आरोेप लगायो । जे भनेपनि यो भाइरसले देश, मानिस चिन्दैन केबल मानिसभित्र ठाउँ पाए प्रवेश गर्छ । केवल राजनितीक फाइदाका लागि षड्यन्त्र गर्न खोजेपनि सत्य लुकाउन सकिने कुरा भएन ।
भाइरस संसारभर फैलियो । शक्तिशाली राष्ट्रका वैज्ञानिक, नेता, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले सकेनन्–आफ्ना जनता बचाउन । नेपाल दुई राष्ट्रबीचमा भएपनि चीनबाट यसलाई प्रवेश गर्न दिइएन । भारतबाट पनि आजका दिनका सम्म आएकाबाट देखिएको छैन । अझ समय बाँकी छ । तर हवाइजहाजबाट आउने, फ्रान्स, दुबई रुटबाट नेपाल आउनेबाट नेपाल प्रवेश गरेकोमा कुनै शंका रहेन ।
अदालतले चौध दिन लक डाउन गर्यो । भोलिपल्ट सरकारले एक हप्ता लक डाउन गर्यो । विहान रोकिएन, जबरजस्ती गरियो । ति मानिसलाई क्वारेन्टाइनमा राखिएन, घर–घर गएपछि खोजी गरियो । एक जना महिला चैत ४ मा आएको १६ दिनपछि भाइरस देखियो । लापरवाही भएको पक्कै हो । भारतीय सीमाबाट प्रवेश खोजे । तीनीहरुलाई पहिले नै नजाउ । जहाँको तही बस भनेर भारतीय सरकारलाई विशेष अनुरोध गर्नुपर्ने थियो गरिएन । १४ दिनपछि उताकोलाई उतै । यताको लाई यतै गर्ने भनियो । त्यतिखेर ढिलो भई सकेको थियो । नेता र मन्त्रीमा बुद्दिमा बिर्को लागेपनि होसियारी नअपनाएको चै भन्न मिल्दैन । गर्न खोजेको पक्कै हो राज्य संचालनको जिम्मेवारी लिनै पर्दछ । तर सामान्य विरामी अस्पतालले नलिने, निजी अस्पतालले गैर जिम्मेवार कार्य गर्दा मुकदर्शक बन्ने, कारवाही गर्न नसक्ने ।
अत्यावश्यक औषधी र सामग्री चीनबाट ल्याउँदा भ्रष्टाचार, कमिसन खान खोज्नेलाई मुखमा पुर्याए पनि कमी हुन्छ । यमराज हुन् । पाए गु पनि खाने भन्दा फरक पर्ने छैन । अमेरिकामा भइरस भएकी एक महिलाले भिडियोमा भनिन् । त्यहाँ भर्ना गर्दा मेरो नाम सोधेन, जात सोधेन, देश सोधेन, जात सोधेन । केवल खोकी छ, सास फेर्न गाह्रो छ भन्ने शब्द मात्र सोध्यो । डाक्टरहरुले भन्नुभयो, यो मात्र किन भन्नुभया । यो किन भनेको ? मानवता मात्र बाँकी हुनुपर्ने ।
यहाँ नेपालमा, बजारमा लापरवाह औषधीमा लापरवाह, सत्तामा लापरवाह, मन्त्री लापरवाह हुँदा हुँदा वडा अध्यक्षको आफ्ना पार्टीका व्यक्तिलाई माक्स वितरण, राहत वितरण, राहत पनि सेवा गरे । धर्म र इमान्दारीता हरायो ।
मानवीयता कहाँ छ ? यस्तो बेलामा सबै मिलेर जात पात, पक्ष–विपक्ष नबनी सामना गर्नुपर्ने बेला हो । मलाई साथीहरुले भनिरहेका हुन् । खै हाम्रो पार्टीबाट राहत बाँडेर देखाएको ? ल भोलि भोट हाल्दैन । अरुले बाँकीसके भने भने, यस्तो अवस्थामा बाँचे त हो, भोट, राजनिती, पहिला बचाउने हो । यहाँ कांग्रेस मात्र बाँच्ने, कम्युनिष्ट बाँच्ने । कांग्रेस मात्र मर्ने, कम्युनिष्ट मात्र मर्ने त होइन होला । यस्तो फोहोरी भयौं । हामी कस्ता ?
अब जनताको ताल हेर्नु विना काममा घुमघाम छ । यसै छ्ट्टी दिएजस्तो गरी हिडेको छ । मासु काटेको छ । जम्मा भएका छन् । खाली तास खेलेको छ । लक डाउनका बेलामा यस्ता अनैतिक कार्य भएको छ । डेरामा बस्ने डाक्टरलाई घरमा नआउँन भनिएको छ । प्रहरी ज्यान बचाउन खटिरहेको छ । कसका लागि खटेका हुन् ? मानिस तरकारी किन्ने बाहनामा घुमफिर गरिरहेका छन् । प्रहरीसंग झगडा गरिरहेको देखिन्छ ।
यो भाइरसका बारेमा जान्न र बुझ्न जरुरी छ । सतर्क भइयो र ज्ञान भयो भने सामान्य लाग्छ । लापरवाही गरिएमात्र चुनौती छ । यो कुरा चिनिया जनताको आनीबानी, जापानी , कोरियाबाट बुझ्न सकिन्छ । जो अनुशासित भयो, उसले रोगसंग लड्न सक्यो । जो अनुशासित भयो, त्यो सकियो । उदाहरणका लागि युरोपका जनता फ्रिडम भए लापरवाह भए एक जनाबाट ३५ सय जनासम्म सर्यो । वासिङ्टनमा दश तलामाथि बाँच्नुभन्दा मर्नु निको भनि रोगी हाम फालेर आत्महत्या गरेको भिडियो देखियो । इटालीका प्रधानमन्त्री र संसद रोए । धर्मले बचाउन सकेन । क्युवाले बनाएको स्वास्थ्य नितीले राम्रो काम गर्यो । शारीरिक व्यायम र स्वास्थ्य मुख्य कुरा रहेछ । धन ठूलो होइन रहेछ भन्ने प्रमाणित गर्यो यस भाइरसले ।
पुँजीपतिले केही गर्न सकेन । तर क्वुवा, भियतनामले डाक्टर, औषधी लगी ति राष्ट्रमा सहयोग गर्न सक्यो । उत्तरकोरियामा कोरोना भित्रिन पनि पाएन । तीन वर्षे सैनिक तालिम राखौं भन्दा यहाँका अतिवादी, प्रजातन्त्रवादीहरुले मानेन् । अहिले व्यायम गर भनेर घरमा भनिन्छ । खायो, बस्यो, ज्ञान छैन । उल्टो बिरामी परेको अवस्था छ । अत : राज्य संचालक त्यसै हुदैन । हाम्रो देशमा माक्स बनाउँन सक्ने मेसिन रहेनछ । भएका उपकरण बिगारेर राखेको रहेछ । औलोको जाँच गर्ने अफिस र २०/२२ जना कर्मचारी बेकामे भएर, तलब खाएर बसेका रहेछन् ।
डाक्टर पढाउँन पर्ने रहेछ यहाँ । किन यस्तो महङ्गो भयो ? नेतामा दुरदर्शिता रहनेछ । राम भरोसामा देश चलेको रहेछ । केही पाठ सिकाएको यो भाइरसले । आगामी दिनमा यसरी नै चल्छ कि परिवर्तन गरिन्छ हेर्न बाँकी छ । सबै नेपालीले भाइरससंग लड्न सकुन् । अस्तु ।