महिला उद्यमीलाई सम्मान
बिदुर–नुवाकोटको मुख्य वट्टारवजारकी महिला उद्यमी गीता अमात्य सम्मानित भएकी छन् । उनलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्रापत भएको हो ।
विदुर नपा २ वट्टारवजारकी अमात्य महिला उद्यमी संघ नुवाकोटकी अध्यक्ष तथा स्थापित ब्यवसायी हुन् । अमात्यलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्रदान गरिएको हो ।
न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डर्स २०२५ अन्तर्गत बागमती प्रदेशकी अमात्यसहित सातवटै प्रदेशका एक÷एक जना महिला उद्यमीलाई अवार्ड प्रदान गरिएको हो । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी समेत प्राप्त गरेका छन् ।
अमात्य नेपाल उद्योग बाणिज्य महासंघको बागमती प्रदेश सदस्य र नुवाकोट उद्योग बाणिज्य संघको पूर्ब बरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी शिक्षा, स्वास्थ्य, खेलकुदको विकासमासमेत क्रियाशील रहेकी छन् ।











































