आफुहरुकै अर्थक प्रयासमा निमार्ण भैरहेको बाटोमा आफ्नै आँखा अगाडि दुर्घटना हँदा दुखी र विचल्ति भइदोरहेछ – म्यानेजर कार्कि

मकवानपुर । लगातार भारी वर्षा भए पछि देश भरिको जनजिवन प्रभावित् भएको छ । संघिय राजधानी काठमाडौं प्रवेश गर्ने महत्तवपुर्ण राजर्माग पनि बन्द भएको अवश्था छ । हिजो मात्र पनि हेटौंडा –काठमाडौं प्रबेशको छोटो र्माग भिमफेदी कुलेखानि सडक खण्ड अर्नतगत् देउराली नजिक पहिरो खसि एउटा स्कार्पियो गाडि समेत पुरिएको र एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । अहिले उक्त भिमफेदि कुलेखानि भएर हेटौंडा – काठमाडौं आवत् जावत् गर्ने र्माग पहिरोको कारण बन्दनै छ । प्रस्तुत छ यसै विशयमा सोहि बाटो निमार्ण गरिरहेको निमार्ण कम्पनि मोतिदान कन्ट्रक्शनका प्रोजेक्ट म्यानेजर एस . के .ज्वाला कार्किसँग लोकखबरका संवादाता रामकुमारदानीले गरिएको कुराकानीः
अबिरल वर्षाको कारण हिजोदेखि बन्द भएको बाटो खुलाउनको लागि के –कस्तो पहल भइरहेको छ ?
पहिरो खुलाउनि प्रयास भैरहेको छ । लगातार तिन दिनदेखि आइरहेको वर्षा नरोकिएकोले बाटो खुलाउन समस्या भइरहेको छ फेरि मानविय क्षेति पनि हुन सक्ने अवश्था रहेको हुदा मिसिनहरु परिचालन गर्दा पनि बाटो खुलौन सकिएको छैन । क्रयाक जोन एरिया भएकोले वर्षा नहटे सम्म त्यस्को मुनि गएर मेसिनले बाटो खन्न सक्ने अवश्था छैन् । प्राविधिक हिसाबले पनि वर्षा नहटे सम्म पहिरो पन्छाउन कठिनाइ देखिएको छ । वर्षा कम हुने बितिकै हाम्रो मिसिनहरु प्रयोग गरि पहिरो पन्छाइ बाटो खुलाउने छौं ।
मोतदान कन्ट्रक्शनले निमार्ण गरिरहेको जुन बाटो भिमफेदी कुलेखानि अन्र्तगत देउरालीमा हिजो दुखद घटना भयो यसमा तपाई के भन्नु हुन्छ ?
हिजो जुन दुखद घटना भयो यसमा हामी निकै विचलित् र दुखी भएका छौं । दुखी हुँदा हुँदै पनि हामीले सकेको सहयोग र उदार कार्यमा खटियो कुलेखनि ब्यारेकको आर्मि , इलाका प्रहरी कार्यलय भिमफेदीको प्रहरी साथिहरुलाई छिटो भन्दा छिटो खबर गरेर उदार कार्यमा लाग्यौं र मोटरसाइकलमा सवार दुईजनालाई सकुसल उदार गरि । उनिहरुको खुटामा सामान्य चोट लागेको हुदाँ उपचारको लागि काठमाडौं पठाइयो । स्कार्पियो गाडिमा सवार एकजनालाई भने जिवित् उदार गर्न सकिएन यसमा हामीलाई सारै दुख लागेको छ । अस्तीदेखि लगाातार परोको अबिरल वर्षा अहिले पनि जारी छ । तपाईहरु कारणबस काम विशेषले काठमाडौं –हेटौंडा आँउदै हुनुहुन्छ भने बैकल्पिक बाटोको प्रयोग गर्नुहोला भन्न चाहन्छु ।
पछिल्लो अवश्थामा संघिय राजधानी काठमाडौंबाट बागमति प्रदेशको राजधानि हैटौंडा आउने छोटो बाटो भएकोले यसलाई खुलाउनको लागि कस्तो प्रयाश भैरहेको छ ?
सबभन्दा ठूलोकुरा भनेको मानब जिवन हो यो बाटोलाई तत्काल खुलाउदा फेरि पूर्ण आर्काे पहिरो आएर आर्काे घटना घटन् सक्छ । त्यसैले विभिन्न ब्यक्तिबादी कुरा सुनेर वर्षात नरोकिए सम्म यो बाटो खोल्न सम्भब छैन् । खुल्छ चल्छ भनेर प्राबिधिक ज्ञान नभएको मान्छेको कुरा सुनेर बाटो खोल्दा फेरि भोली पछुताउने पर्छ । अब बिस्तारै वर्षा पनि कम हुन्छ होला हामी विज्ञ प्राविधिक सहित् बसेर पहिरो पन्छाउन लाग्नेछौं र बाटो सुचारु गराउने छौं ।
तपाइको मोतीदान कन्ट्रक्शन कम्पनीमा पनि त दक्षे प्राविधिक होलान अनि भौतिक पुर्बआधार मन्त्रालयबाट पनि त्यो बाटोको लागि प्राविधिक खटाएको छ रे अनि वर्षातको समयमा यो बाटोको अवश्था यस्तो छ भनेर चै अस्तीको दिनसम्म यो कुरा किन आएन ? तपाइहरु त सधैं तेहि फिल्डमा हुनुहुन्थ्यो ?
बाटो डिजाइन गर्ने बेलामा पहिला सर्बे गर्दा डिजाइन गर्दा डि.पि.आर. बनाउँदा यि कुराको अध्यन भएको हुन्छ । काँहि–काँहि स्वाएल टेस्ट् गरिएको हुन्छ । यो सानो योजना र पुरानो बाटो भएकोले यस्को स्वाएल टेस्ट् भने गरेको छैन र फेरि वर्षातको कारण भएकोले यो पहिरो जानु बाटो भत्कनु भनेको स्वाभाबिक र भब्यतब्य पनि हो यसलाई प्राविधिकले पनि केहि गर्ने सक्दैंन ।
यसरी भारी वर्षा भहिरहदा तयाइहरुलाई त बाटोको अवश्था थाहैँ थियो होला क्षेति भइसके पछि भब्यतब्य भन्नुहुन्छ । बाटोको अवश्थाको बारेमा सम्बन्धित निकायका जानकारी गराउनुको साथै फिल्डमा पनि कम्पनीकोतर्फ बाट सुचनाहरु गराउनु पथ्र्ये होइन ?
यो अहिले मात्र भएको काम होइन ६ महिना अघिदेखि भएको काम हो । विभिन्न संचार माध्यममा पनि आइरहेको छ । विशेष गरि तपाइकै लोकखबरमार्फत् पनि यो बाटोको अवश्थाको बारेमा जानकारी गराइरहेका छौं । ठाउँठाउँमा सुचना पार्टी पनि राखिएको छ । वएब साइडमा पनि राखिएको छ , सामाजिक सञ्जालमा पनि राखिएको छ । बैकल्पिक र्मागको प्रयोग गर्नपनि हामीले जानकारी गराएका छौं । यातायात व्यावसायीसँग पनि हामीले पटक् पटक् मिटिङ्गमा बसेर जानकारी गराएका छौं ।
अब तपाइले उक्त बाटो खुलाउन कस्तो पहल गरिरहनु भएको छ ?
हामीले हिजोको दुर्घटना पछि सम्बन्घित निकाय बागमति प्रदेश सरकारको भौतिक पुर्बआधार मन्त्रालय , जिल्ला प्रशासन कार्यलय मकवानपुर , जिल्ला प्रहरी कार्यलय मकवानपुर , इलाका प्रहरी कार्यलय भिमफेदीसँग सम्वनय गरेर हामी पहिरो पन्छाँउने काम गरिरहेका छौं । छिटो भन्दा छिटो बाटो खुलाउछौं र अलि अलि खुलि पनि रहेको छ । तर म के भन्न चाहन्छु भने लगातार तिनदिन देखि परिरहेको वर्षा रोकिएको छैन र पहिरो पनि लगातार खसिरहेको छ । लगभग भिमफेदीदेखि कुलेखानिसम्म करिब १२ किलो मिटर बाटोको ठाउँठाउँमा पहिरो खसिरहेको छ । त्यसैले तपाइहरु काठमाडौं –हेटौंडा हिड्नै पर्ने बाध्यता छ भने यो वर्षा नरोकिउन जेल बैकल्पिक र्मागको प्रयोग गरि दिनु हुन अनुरोद गर्दछु ।