धेरै मोटाउनु भयो ? आजैबाट थाल्नुहोस यी काम

लोकखबर
२१ आश्विन २०७७, बुधबार १४:३१

मकवानपुर । स्लिम शरीर कसलाई मन नर्पला र? तर आजकल गलत खानपान र गलत जीवनशैलीका कारण मानिसहरुमा मोटोपना बढ्दै गएको छ । मोटोपनाले शारीरिक असजिलोपना निम्त्याउँछ ।

मधुमेह, उच्च रक्तचाप, मुटुसँग सम्बन्धित थुप्रै रोगहरुको मोटोपनकै कारण लाग्ने गर्दछ । त्यसैले मोटोपन कम गर्न जीवनशैलीमा सुधार ल्याउनु पर्छ । समयमा खाना खाने, ब्यायाम गर्ने, डाइटिङ बाहेक मोटोपन घटनाउन निम्न उपाय अपनाउनु पर्दछ ।

१. फाइबरयुक्त भोजन
फाइबरले शरीरमा उर्जा प्रदान गर्नुका साथै इन्सुलिनको स्तर कम गर्दछ । त्यसैले खानामा उच्च फाइबरयुक्त चिज सामेल गर्न आवश्यक हुन्छ ।

२. प्रोटिन र सागसब्जी
शरीरको विकासका निम्ती प्रोटिन आवश्यक हुन्छ । साथै सागसब्जीले शरीरमा अत्यधिक बोसो जम्मा हुन दिदैन । त्यसैले प्रोटिन र सागसब्जी मोटोपना घटाउन आवश्यक हुन्छ ।

३. न्युन कार्बोहाइड्रेट
शरीरलाई शक्ति दिने प्रमुख श्रोत हो, कार्बोहाइड्रेट । तर यो थुप्रै घातक रोगको कारण बन्न सक्छ । कम कार्बोहाइड्रेट रहेको खानाले मोटोपन घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

४. डाइट चार्ट
आफुलाई स्वास्थ्य राख्नु छ भने र मोटोपनबाट छुटकारा पाउनु छ भने डाइट चार्ट बनाई त्यसको पालना गर्नुहोस् । चार्ट अनुसार खाने, सुत्ने र ब्यायाम गर्ने समय मिलाउनुहोस् ।

५. प्रसस्त पानी पिउने
मोटोपनाबाट मुक्त हुन प्रसस्त मात्रामा पानी पिउनु पर्दछ । दैनिक तीन लिटरसम्म पानी पिएमा मोटोपना कम हुन्छ । साथै उच्च क्यालोरीयुक्त पेयको सेवन कम गर्नुपर्छ ।

६. नियमित ब्यायाम
मोटोपना कम गर्न नियमित ब्यायाम गर्ने, हरेक दिन दोडिने गरेमा मोटोपन कम गर्न सकिन्छ । यस अलावा पैदल हिड्ने, लिफ्ट चढ्ने बानिको समेत विकास गर्नु पर्दछ ।

७.पर्याप्त निन्द्रा
मानिसको शरीरमा मोटाउनुमा अनिन्द्रा पनि कारण बन्ने गर्दछ । त्यसैले शरीरमा बोसो कम गर्न हरेक दिन ८ घण्टा गहिरो निन्द्रा आवश्यक हुन्छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*