भारत–पाकिस्तान युद्ध विराम
विदुर– निकै संशयपुर्वक हेरिएको भारत र पाकिस्तानबीच युद्ध रोकिएको छ । युद्धविरामको घोषणासँगै सवै क्षेत्रवाट सकारात्मक रुपमा हेरिएको छ ।
भारत–पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी पूर्ण युद्धविरामको सहमति भएको जानकारी दिएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी दिए । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले शनिवार दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेको र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरे ।
छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले ‘दुवै पक्षबीच शनिवार साँझ भारतीय समय अनुसार पाँच बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए । युद्धविरामको घोषणासँगैपाकिस्तानले आफ्नो नियमित उडान सुरू गरेको छ ।
पाकिस्तान विमान प्राधिकरणले विज्ञप्ति जारी गरेर हवाई उडानहरू नियमित भएको जानकारी दिएको हो । दुई देशबीच तनाव बढेपछि पाकिस्तानको प्राधिकरणले उडानहरू रोकेको थियो ।
रोकिएका सबै उडानहरू सञ्चालनमा आएको प्राधिकरणको भनाइ छ ।’रोकिएका सबै हवाई उडानहरू सञ्चालन आएको छ । देशका सबै विमानस्थलमा उडानहरू सामान्य भएको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाको मध्यस्थतामा भारत–पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारत पाक युद्धले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो ।
अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमताको परिणामको रूपमा वर्णन गरेको छ । अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ ।
अब सीमामा शान्ति पुनस्र्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ । भारतले अब जमिन र हवाई आक्रमण नहुने जनाएको छ भने भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश शनिवार साँझ ५ बजेदेखि युद्धविराम गर्न सहमत भएको बताए ।
भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीले शनिबार वेलुकी भने, ‘युद्धविराम साँझ ५ बजेदेखि लागू भएको हो । अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन् । दुवै देशका डीजीएमओहरूले मे १२ मा दिउँसो १२ बजे वार्ता गर्नेछन् ।’
युद्धविराम अमेरिकाको मध्यस्थतामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ ट्वीट गर्दै भने, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफलपछि मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले आक्रमणहरू तुरुन्तै र पूर्ण रूपमा रोक्न सहमत भएका छन् । म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।’
भारत–पाकिस्तान युद्ध विराम धेरैतिर खुसी मनाइएको छ । अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’ (एजेन्सीहरुको सहयोगमा)











































