मौरीपालक किसानलाई घार प्रदान

विदुर–नुवाकोटको तादी गाउँपालिकाले मौरीपालक किसानहरुलाई प्रोत्साहन कार्यक्रम सन्चालन गरेको छ । मौरी पालन विस्तार गर्नका लागि मौरी घार प्रदान गरेकको छ ।
तादी गापा ३ स्थित राउचुली मौरीपालक कृषक समूहका सदस्यहरुलाई मौरीघार प्रदान गरिएको हो । तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले एकसय पांच थान मौरी घार किसानहरुलाई हस्तान्तरण गरिन् ।
उनले यस कार्यक्रमबाट स्थानीयस्तरमा मौरीपालन व्यवसायको प्रवद्र्धन भएको, किसानले स्वरोजगार पाएको, आत्मनिर्भरताको अभिबृदि भई स्थानीय कृषकहरुको आय आर्जन वृद्धिमा सहयोग पुग्नुको साथै जिबिकोपार्जनमा समेत सहज भएको वताइन् । यसवाट स्थानीय मौरीपालक कृषकहरू लाभान्वित भएका छन् ।
स्थानीय कृषकहरूको आयस्रोत वृद्धि, स्वरोजगार सिर्जना र आत्मनिर्भरतामा टेवा पु¥याउन तादी गापाले मौरीपालन व्यवसायलाई प्राथमिकता दिएको छ । गापाका अध्यक्ष सन्तमान तामाङले मौरीघार वितरणबाट कृषकहरूको जिविकोपार्जन विस्तार र सहज हुनुका साथै उनीहरूको आर्थिक उन्नतिमा सहयोग पुग्ने दावी गरे ।
मैरीपालक कृषकहरुले खुसी हुँदै आगामी दिनमा मौरीपालन व्यवसायमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तादी गापा नुवाकोटको पर्यटकिय गापासमेत हो ।