सडकमै हेलिकप्टरको अवतरण

पछाडिको भाग क्षतिग्रस्त
लोकखबर
२०८२ जेष्ठ २४, शनिबार १६:४७

विदुर–भारतको बधासु (सिरसी)बाट केदारनाथ उडान भरेको हेलिकप्टर प्राविधिक कारणले शनिवार सडकमा आपतकालीन अवतरण गर्नुपरेको छ । हेलिकप्टरमा सवार चालक दलसहित सबै ५ यात्रु सुरक्षित रहेका छन् ।
हेलिकप्टरको पुच्छर भाग क्षतिग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरको पछाडिको भागमा निकै क्षति पुगेको छ ।
ठक्करबाट राजमार्गमा पार्क गरिएको एउटा गाडीमा क्षति पुगेको समाचारमा जनाइएको छ । घटनाको जानकारी पाउने बित्तिकै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले नागरिक उड्डयन महानिर्देशनालयलाई जानकारी गरेको छ ।
अधिकारीहरूले यस विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । दुर्घटनाको समयमा हेलिकप्टर केदारनाथ यात्रामा थियो र सबै यात्रुहरू तीर्थयात्री भएको बताइएको छ ।

अवतरण लगत्तै सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । उक्त हेलिकप्टर चारधाम यात्रा सुरु भएपछि चौथो हेलिकप्टर दुर्घटना हो ।
चार धाम यात्रा सुरु भएदेखि यो चौथो हेलिकप्टर दुर्घटना हो  । यसअघि पनि केदारनाथ हेलिप्याड नजिकै हेलिकप्टरको आपतकालीन अवतरण भएको थियो ।

जसमा एम्सका दुई चिकित्सक र चालक जोगिएका थिए । प्रशासनले घटनाको गहन अनुसन्धान गर्न आदेश दिएको छ । (एजेन्सीहरुको सहयोगमा)


सर्वाधिक रुचाइएको