भीमफेदी गाउँपालिका समृद्दिको यात्रामा छ : हिदम लामा
हिदम लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् । धेरैका आशा, भरोशा बनिरहेका युवा जोशले भरिएका नेता लामा लोकप्रिय एवम् इमान्दार नेताका रुपमा परिचित छन् । सरकारले अघि सारेको ‘समृद्द नेपाल, सुखी नेपाली ’ निर्माण अभियानमा आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको अध्यक्ष लामा बताउँछन् । अध्यक्ष लामासंग लोकखबर डटकमका लागि शिव चौलागाईंले भीमफेदी गाउँपालिकाका विभिन्न अवसर,चुनौती सम्भावना, नागरिकका आकांक्षा लगायतका विषयमा कुराकानी गरेका छन् ।
तपाईं नेतृत्वको गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि के कस्ता कार्यक्रमका लागि योजना बनाएको छ ? बजेट बाँडफाँड गर्दा कसरी गर्नुभएको छ ?
यो आर्थिक वर्ष सकिदैछ । आर्थिक वर्ष ०७६/७७ का लागि हामीले ५२ करोड ९८ लाख रुपैयाको बजेट निर्माण गरेका छौं । हाम्रो स्थानीय तह अथवा नेपालकै कन्टेस्टलाई हेर्ने हो भने पूर्वाधारलाई विशेष जोड दिइएको देखिन्छ । तर भीमफेदी गाउँपालिकाको सन्दर्भमा पूर्वाधार संगसंगै यस पटक हामीले सामाजिक विकास र आर्थिक विकासलाई विशेष जोड दिएका छौं । गत आर्थिक वर्ष भन्दा हामीले तेब्बर बढी सामाजिक विकास र आर्थिक विकासका लागि बजेट विनियोजन गरेका छौं । विपद् व्यवस्थापन तथा सुशासन प्रबर्धनका लागि पनि हामीले प्राथमिकता दिएका छौं ।
विकास भनेको खाली भौतिक पूर्वाधारमात्र पनि होइन । नेपाल सरकारले अन्तराष्ट्रिय मञ्चहरुमा प्रतिबद्घता गरेको दिगो विकासको लक्ष्य हासिल गर्ने विषयहरुलाई पनि हाम्रो बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसैले दिगो विकासको लक्ष्य हासिल गर्ने सन्दर्भमा हाम्रो बजेटले यस्ता चीजहरुलाई सम्बोधन गर्नुपर्छ । जुन सामाजिक र आर्थिक विकासमा पर्छन् । त्यो भएर हामीले यो क्षेत्रमा बढी प्राथमिकता दिएका छौं ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमहरु चाँही के कस्ता रहेका छन् ?
विशेषगरी हाम्रो प्राथमिकता भनेको शिक्षा,स्वास्थ र आर्थिक विकास हो । युवालाई स्वरोजगार बनाउँने नै हो । यो पटक हामी भीमफेदी गाउँपालिका शिक्षामा र सामाजिक हिसाबमा हेर्ने हो भने बालविवाह पनि समस्याको रुपमा छ । प्रदेश सरकारले बाल विवाहमुक्त प्रदेश बनाउँने भनिरहँदा हामीले पनि हाम्रो स्थानीय तहलाई बाल विवाहमुक्त गराउँनका लागि १४ वर्ष देखि २० वर्षसम्मका सबै छोरी मान्छेहरुलाई बीमा गर्ने कार्यक्रम ल्याएका छौं ।
स्वास्थ्यको सन्दर्भमा कुरा गर्ने हो भने हामीले सुत्केरी महिला र गर्भवति महिलाहरुका लागि सुरक्षा गर्ने, उहाँहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम, चेपाङहरुको बीमा गर्ने कार्यक्रम, साथसाथै शिक्षाको पाटोमा अनुगमनलाई व्यवस्थित गर्ने संगसंगै अन्तराष्ट्रिय स्तरको पढाई जापान देखि चाइनामा हेर्ने हो भने शिक्षा धेरै अगाडी छ । यसका लागि हामीले पनि नेपाल सरकारले स्वीकृति दिएको पाठ्यक्रम स्मार्ट एजुकेशन सिस्टम र टिचिङ मास्टर कार्यक्रम हामीले सबै सामुदायिक विद्यालयहरुमा यो वर्ष सुरु गर्दैछौं । यो हाम्रो लागि चुनौती पनि छ । किनभने यो हाम्रो लागि विल्कुल नयाँ अभ्यास हो । यदि यो सफल भयो भने शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्यौं भने मलाई लाग्दैन बोर्डिङ्हरु खोलिराख्नुपर्छ । किनभने सामुदायिक विद्यालयमै त्यो स्तरको पढाई गर्नुपर्छ भनेर हामी सरकारले स्वीकृती दिएको नयाँ पाठ्यक्रम लागू गराउँनका लागि हामी लागिरहेका छौं ।
विशेषगरी हाम्रो प्राथमिकता भनेको शिक्षा,स्वास्थ र आर्थिक विकास हो । युवालाई स्वरोजगार बनाउँने नै हो । यो पटक हामी भीमफेदी गाउँपालिका शिक्षामा र सामाजिक हिसाबमा हेर्ने हो भने बालविवाह पनि समस्याको रुपमा छ । प्रदेश सरकारले बाल विवाहमुक्त प्रदेश बनाउँने भनिरहँदा हामीले पनि हाम्रो स्थानीय तहलाई बाल विवाहमुक्त गराउँनका लागि १४ वर्ष देखि २० वर्षसम्मका सबै छोरी मान्छेहरुलाई बीमा गर्ने कार्यक्रम ल्याएका छौं ।
स्वास्थ्यको सन्दर्भमा कुरा गर्ने हो भने हामीले सुत्केरी महिला र गर्भवति महिलाहरुका लागि सुरक्षा गर्ने, उहाँहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम, चेपाङहरुको बीमा गर्ने कार्यक्रम, साथसाथै शिक्षाको पाटोमा अनुगमनलाई व्यवस्थित गर्ने संगसंगै अन्तराष्ट्रिय स्तरको पढाई जापान देखि चाइनामा हेर्ने हो भने शिक्षा धेरै अगाडी छ । यसका लागि हामीले पनि नेपाल सरकारले स्वीकृति दिएको पाठ्यक्रम स्मार्ट एजुकेशन सिस्टम र टिचिङ मास्टर कार्यक्रम हामीले सबै सामुदायिक विद्यालयहरुमा यो वर्ष सुरु गर्दैछौं ।
अहिलेको बजेट, नीति कार्यक्रमको कुरा गरिरहँदा विगतका बजेट तथा नीति कार्यक्रम के कस्तो रुपमा सफल भए ? यसअघिको बजेट तथा नीति कार्यक्रमको समीक्षा चाँही कसरी गर्नुहुन्छ ?
देशमा राजनीतिक संक्रमण त सम्पन्न भयो । राजनीतिक संक्रमण व्यवस्थापन भयो । तर पनि यो देशमा प्रशासनिक संक्रमण जारी छ । त्यसको मतलब के हो भने हाम्रो देशमा अझै पनि कर्मचारीहरुको व्यवस्थापन, समायोजन आदि इत्यादिले गर्दा ओएनएममा जति कर्मचारी हुनुपर्ने हो त्यो खालको कर्मचारीको व्यवस्थापन र उपलब्धता स्थानीय तहमा छैनन् । त्यसैले हामीले भएका जनशक्ति, कर्मचारी साथीहरुलाई प्रोत्साहन गर्ने, उहाँहरुको अप्ठ्यारा कुराहरुमा सम्बोधन गर्दै जाने, उहाँहरुको बढी भन्दा बढी मोबिलाइज गरेर उपलब्धि हासिल गर्ने गरिन्छ ।
यो चालू आर्थिक वर्षको सन्दर्भमा हेर्ने हो भने हामी ८० प्रतिशत भन्दा बढी हामी हाम्रो बजेट सम्पन्न गर्न सक्छौं । कतिपय कार्यविधीको समस्या, कतिपय भौतिक पूर्वाधारका लागि वन, पुरातत्वसंग स्वीकृती आवश्यक पर्ने हुँदा हामीले त्यस्ता कामहरु स्वीकृती पाउँन नसकेको अवस्थामा हामीले गर्न सकेनौं ।
पूर्वाधारको क्षेत्रमा हेर्ने हो भने भीमफेदी गाउँपालिका देशलाई नै उज्यालो बनाउँने कुलेखानी हाइड्रो पावरको पावर हाउसहरु भएको ठाउँ । तर त्यही ठाउँको कतिवय वडामा टुकी बालेर बसिराख्नु परेको छ । त्यस कारण हामीले यो आर्थिक वर्षमा विद्युतीकरणको सन्दर्भमा धेरै कामहरु गर्यौं । विद्युत पुर्याउँने काम हाम्रो जारी छ । अब चाँडै भीमफेदी गाउँपालिकाको सबै वटा, टोलमा रहेका घरघरमा विजुली पुग्नेछ । काठको पोल जीर्ण अवस्थामा रहेको विद्युतीकरणलाई अब व्यवस्थित गराउँदैछौं । दुर्घटना हुन सक्ने, मानवीय जनधनको क्षति पनि हुन सक्ने त्यस्ता जोखिम अवस्थामा रहेका काठको पोललाई रिप्लेस गर्ने योजनामा हामी छौं । जोखिमयुक्त काठको पोल हटाई स्टिल ट्युबलर पोल राखी काठको पोलमुक्त गाउँपालिका बनाएर व्यवस्थित विद्युतीकरण गर्ने हाम्रो अभियान जारी छ । बाटो नपुगेको ठाउँहरु जस्तै इपाको धार्के महभीर, बरदेउ लगायतका ठाउँमा प्रदेश सरकारको समेत सहयोगमा हामीले भौतिक पूर्वाधारका कामहरु हामीले अघि बढाइरहेका छौं । त्यहाँ उत्पादित बस्तुहरुलाई बजारसम्म पुर्याउँनका लागि अब टाउकोमा बोकेर होइन अब गाडीको माध्यमले पुर्याउँने हो । जीवनलाई सहज बनाउँने काम गर्न पनि हामी लागिरहेका छौं ।
भीमफेदी, मकवानपुरको पूरानो सदरमुकाम, हाइवेदेखि टुकी बाल्नुपर्ने बाध्यता भएको विकट ठाउँ, यहाँ अवसर तथा सम्भावना पनि छन् । यस्तो गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाउँनुभएको छ । आफ्नो जिम्मेवारी सम्हालिरहँदा नागरिकका चाहाना, आकांक्षा के कस्तो रहेको पाउँनुभएको छ ?
पक्कै पनि यो हाम्रो गर्वको विषय हो । काम गर्दा चुनौतीहरु आउँछन् । दुईटा खालका अतिवादी सोचहरु हामीसंग छ । अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारका जन प्रतिनिधीमा पनि एक खालको चिन्तन छ म त्यो चिन्तनलाई अतिवादी चिन्तन भन्छु । र कर्मचारीमा पनि अतिवादी चिन्तन छ । त्यो अतिवादी चिन्तन भनेको के हो भने परिणामलाई मात्र केन्द्रमा राखेर प्रकृयाका विषयमा सोच्दै नसोच्ने जन प्रतिनीधिहरु छन् । कर्मचारी पनि प्रकृयामा मात्र रुमल्लिराख्ने र परिणामलाई ध्यान नदिने । यो पनि अतिवादी चिन्तन हो । यो दुवै चिजलाई फ्युजन गरेर जानुपर्छ । तबमात्र हामीले लक्ष्यहरु हासिल गर्नसक्छौं किनभने संसारको ट्रेन्ड भनेकै इलेक्टेड र सेलेक्टेड संयन्त्रले राज्य व्यवस्था सञ्चालन गर्ने हुँदा यस्ता चिजमा कन्फ्युजन र कन्ट्राडिक्सन हुनु हुदैन भन्ने मान्यतामा भीमफेदी गाउँपालिका छ । हामी यो मान्यतालाई स्थापित गरेर समन्वयतात्मक ढङ्गले कार्यक्रमहरु कार्यान्वयन गर्न हामी सफल छौं जस्तो लाग्छ ।
काम गर्दा चुनौतीहरु आउँछन् । दुईटा खालका अतिवादी सोचहरु हामीसंग छ । अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारका जन प्रतिनिधीमा पनि एक खालको चिन्तन छ म त्यो चिन्तनलाई अतिवादी चिन्तन भन्छु । र कर्मचारीमा पनि अतिवादी चिन्तन छ । त्यो अतिवादी चिन्तन भनेको के हो भने परिणामलाई मात्र केन्द्रमा राखेर प्रकृयाका विषयमा सोच्दै नसोच्ने जन प्रतिनीधिहरु छन् । कर्मचारी पनि प्रकृयामा मात्र रुमल्लिराख्ने र परिणामलाई ध्यान नदिने । यो पनि अतिवादी चिन्तन हो । यो दुवै चिजलाई फ्युजन गरेर जानुपर्छ ।
गाउँपालिकामा अवसर तथा सम्भावनाहरु चाँही के देख्नुहुन्छ तपाईं ?
भीमफेदी गाउँपालिका पर्यटनका हिसाबमा पनि अत्यन्त महत्वपूर्ण छ । ऐतिहासि चिजहरु भीमफेदीको हात्तिसार, चिसापानीगढी जहाँ कालीतोप छ । त्यस्तै मैत्रीबगैंचा, त्रिखण्डी, भीमफेदीको भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिर यी सबैलाई प्रबद्र्घन गर्न हामी सक्छौं । यसबाट हामी आयआर्जन गर्न सक्छौं । स्थानीय तहले एउटा खोलालाई व्यवस्थापन गरेर भीमफेदी गाउँपालिकाको कोगटे र इपाको सिमामा रहेको एउटा पौडी पोखरीबाट हामीले वार्षिक साँढे ४ लाख रुपैया आम्दानी गरिरहेका छौं ।
कृषि क्षेत्रका लागि पनि भीमफेदी गाउँपालिका अत्यन्त महत्वपूर्ण क्षेत्रका रुपमा हामीले लिएका छौं । कृषिमा पनि व्यवसायिक तरकारी खेती संगसंगै पशुपालन र त्यसमा पनि विशेषगरी बाख्रापालनका लागि अत्यन्त उपयुक्त ठाउँ भएका कारणले यो वर्ष प्रदेश सरकार र हाम्रो संयुक्त लगानीमा यहाँ धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने र व्यवसायिक बाख्रापालनको माध्यमबाट मासुमा कमसेकम आत्मनिर्भर गाउँपालिका र निर्यात गर्नसक्ने गाउँपालिकाका रुपमा विकास गर्नका लागि मासु उत्पादन गर्नेहरुलाई हामीले प्रोत्साहन गर्छौ, इन्सेन्टिभ दिन्छौं । उत्पादित मासुलाई बेच्दाखेरी पनि किलोको दश रुपैयाका दरले मासुमा इन्सेन्टिभ दिने । जस्तो दूधमा अहिले सरकारले एक रुपैया दिइरहेको छ त्यस्तै । हाम्रो कार्यविधी अनुसार सञ्चालन हुने फर्महरु, व्यवसायिक संस्थाहरुले मासुमा प्रतिकेजी दश रुपैया इन्सेन्टिभ दिएर मासुमा आत्मनिर्भर मात्र होइन, देशलाई नै मासु निर्यात गर्नसक्ने बनाउँने । किनभने पन्ध्र अर्बकोको मासु भारत र चीनबाट आयात गरिरहेको सन्दर्भमा यसले सघाउ पुर्याउँछ भन्ने मान्यतामा हामी अगाडी बढिरहेका छौ । पर्यावरणलाई प्रयोग गर्ने, धेरै खानीहरु छन् यसलाई खानी ऐन बमोजम सञ्चालन भएपनि अव्यवस्थित हिसाबमा हामी सञ्चालन गर्न दिदैनौं । स्थानीय प्राकृतिक स्रोत परिचालन गरिनुपर्छ तर व्यवस्थित हुनुपर्छ, जनताका लागि हुनुपर्छ ।
भीमफेदी गाउँपालिका पर्यटनका हिसाबमा पनि अत्यन्त महत्वपूर्ण छ । ऐतिहासि चिजहरु भीमफेदीको हात्तिसार, चिसापानीगढी जहाँ कालीतोप छ । त्यस्तै मैत्रीबगैंचा, त्रिखण्डी, भीमफेदीको भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिर यी सबैलाई प्रबद्र्घन गर्न हामी सक्छौं । यसबाट हामी आयआर्जन गर्न सक्छौं । स्थानीय तहले एउटा खोलालाई व्यवस्थापन गरेर भीमफेदी गाउँपालिकाको कोगटे र इपाको सिमामा रहेको एउटा पौडी पोखरीबाट हामीले वार्षिक साँढे ४ लाख रुपैया आम्दानी गरिरहेका छौं ।
कृषि क्षेत्रका लागि पनि भीमफेदी गाउँपालिका अत्यन्त महत्वपूर्ण क्षेत्रका रुपमा हामीले लिएका छौं ।
गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिदै गर्दा खेरी हिजोका दिनमा जनताका घरघरमा पुगेर सुनाइएको योजना कति पूरा गर्न सकिए अब के बाँकी छ ?
विकासको क्रम त राणाकाल, पञ्चायत, बहुदलीय व्यवस्थामा पनि भएको हो । विकास एउटा निरन्तर प्रकृया हो । अमेरिकामा पनि विकासको क्रम चलिरहेको छ । त्यस कारण हाम्रो आधारभूत आवश्यकता के हो त्यसलाई सम्बोधन गर्दैै लाने हो । अन्तिममा हामीले गर्ने भनेको जनताको प्रतिव्यक्ति आय बढाउने, जनताको आयु बढाउने, शिक्षा विकास गर्ने तथा व्यवसायिक शिक्षालाई प्रबर्धन गर्ने, व्यवसायिक शिक्षालाई बढी जोड दिनका लागि हामीले अहिले दुई वटा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छौं । कृषि र इलेक्ट्रिक सव इञ्जिनियरको काम पनि हामीले सञ्चालन गरिरहेका छौं । व्यवसायिक ढङ्गले शिक्षामा जोड दिने साथसाथै स्वास्थ्यका लागि प्रत्येक वडामा आधारभुत सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना छ । यो वर्ष हामीले प्यालिटिभ केयर पनि सञ्चालन गर्ने । यसबाट क्यान्सर, मधुमेह जस्ता दीर्घ रोगीलाई घरघरमै गएर उपचार गर्ने, घरमा उपचार गर्न नसक्नेहरुलाई हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग एमओयु गरेर उहाँहरुको साथमा जनतालाई उपचार सेवा पुर्याउने । यस्तै, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उहाँहरुकै घरमा पुगेर महिनाको एक पटक स्वास्थ्य जाँच लिने तथा आवश्यक सहयोग गर्ने जस्ता कार्य पनि हामीले गर्दछौं ।
समग्रमा शिक्षाको स्तरलाई माथि उठाउँने, नागरिकको जीवनस्तर सहज बनाउँने, नागरिकको प्रतिव्यक्ति आयमा बढोत्तरी गर्ने, नागरिकको सरदर आयुमा वृद्दि गराउँने, स्वास्थ्य क्षेत्रमा व्यपापक सुधार गर्ने । यी विभिन्न क्षेत्रमा हामी कार्य गर्दै भीमफेदी गाउँपालिकालाई समृद्द बनाउँने यात्रामा छौं।