एकसय वढि विद्यार्थीलाई एकैपटक शैक्षिक सामग्री प्रदान

विद्यालयमै पुगेर हस्तान्तरण
लोकखबर
२०८२ जेष्ठ २, शुक्रबार २०:००

विदुर–अध्ययनप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको दार्मेमा रहको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उतसाहित भएका छन् ।
सुर्यगढी गाउंपालिका ४ दार्मेस्थित कुन्डला आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झोला तथा शैक्षिक सामग्रीहरु प्रदान गरेको हो । विद्यालयमै पुगेर वैंकका ब्राण्डिङ प्रमुख नम्रता गौतमलगायतले विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुको शैक्षिक विकास तथा परिवर्तनको मुल उद्धेश्यका साथ गाउंमै पुगेर विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामग्रीहरु प्रदान गरिएको गौतमको भनाई छ । उक्त विद्यालयमा अध्ययनरत एकसय ६ जना विद्यार्थीहरुलाई एक/एक थान झोला तथा शैक्षिक सामग्रीका सेटहरु वितरण गरिएको आयोजक मुक्तिनाथ विकास बैंकका बट्टार शाखा प्रमुख माधव अधिकारीले जानकारी दिए ।

 


सर्वाधिक रुचाइएको