यसरी बचौं डेंगुबाट

लोकखबर
२० भाद्र २०७६, शुक्रबार २२:२८

मकवानपुरको हेटौंडा लगायत देशका विभिन्न जिल्लामा डेंगुका कारण मानिसलाई असर पारिरहेको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने चिकित्सकहरुको भनाई छ । एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ।

डेंगुवाला लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्ने डाक्टरहरुको भनाई छ।

डेंगु ज्वरोका लक्षण यस प्रकार छन् ।
-ज्वरो आउने
– बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
– अरुचि हुने
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
– पेट तथा आन्द्रामा गडबडी हुने
डेंगु लागेपछि केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ ।

डेंगुबाट कसरी बच्ने ?
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
– राती र दिउँसो पनि झुलभित्र सुत्ने
–  घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान र्पुयाउने
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने ।आदि

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*