बढी भन्दा बढी पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरौं : प्रमुख खुलाल

शिव चौलागाईं
१७ पुष २०७६, बिहीबार १६:०३

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन मकवानपुरमा जिल्ला समन्वय समिति केही दिनअघि देखि नै तयारीमा लागेको थियो । मकवानपुरका दश वटा स्थानीय तहबाट विभिन्न तीस वटा उत्कृष्ट पर्यटकीय स्थल छनौट, मकवानपुरका पर्यटकीय गन्तव्य चिनारी, संरक्षण तथा सम्बद्र्घन गर्ने लगायतको कामका लागि जिल्ला समन्वय समितिले अग्रसरता लिएको छ । स्थानीय तहसंग समन्वय गर्दै भ्रमण वर्षलाई सरकारले सोचेझैं भव्य रुपमा सफल बनाउँने अभियानमा मकवानपुर जिल्ला समन्वय समिति पनि लागिपरेको छ । भ्रमण वर्ष २०२०, मकवानपुरका पर्यटकीय स्थल, पर्यटकलाई गरिनुपर्ने व्यवहार लगायत विषयमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसंग लोकखबर डटकमका लागि शिव चौलागाईंले कुराकानी गरेका छन् ।

मकवानपुरमा भ्रमण वर्पलाई कसरी स्वागत गरियो ?
मकवानपुरमा भ्रमण वर्षलाई स्वागत गर्न हामीले केही समय अघिबाटै तयारी गरेका थियौं । होटल एशोसिएसन मकवानपुरको आयोजनामा सडक खाना महोत्सव आयोजना गर्दै भ्रमण वर्षको स्वागत गरियो । भ्रमण वर्षलाई लक्षित गरेर पुष १२ गते अफरोड साइक्लिङ प्रतियोगिता आयोजना भयो । भ्रमण वर्ष घोषणाको एक दिन अघि मंगलबार मात्रै इन्द्रसरोवरमा भव्य कार्यक्रम गरेर भ्रमण वर्षलाई स्वागत गर्ने काम गरियो । त्यहाँ हामीले प्यारा ग्लाइडिङ सुरुवात पनि हामीले गर्‍यौं । भ्रमण वर्ष शुभारम्भका दिन हिजो (बुधबार) हामीले हेटौंडाको सहिद स्मारकमा आउँने आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्‍यौं । भारतीय पर्यटकहरु आउँनुभएको थियो । यस्तै, देशभित्रैबाट आएका पर्यटकलाई पनि हामीले स्वागत तथा सम्मान गर्‍यौं । पन्चैबाजा सहितको पन्चकन्याले स्वागत गर्न लगायौं । मायाको चिनो सहित हामीले स्मारकमा स्वागत गरेका हौं । जिल्ला समन्वय समितिका तर्फबाट स्कुटी र्‍यालीको आयोजना गर्‍यौं । जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुखको नेतृत्वमा महिलाको सहभागितामा र्‍याली आयोजना गरिएको हो । भ्रमण वर्ष २०२० लाई सफल बनाउँन ब्यानर झन्डा प्रदर्शन गर्दै मोटरसाइकल र्‍यालीले हेटौंडा बजार परिक्रमा गरियो । यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको मोटरसाइकल तथा स्कुटर र्‍यालीले हेटौंडा, चौघडा, हर्नामाडी हुँदै मकवानपुरगढी दरबारमा पुगेर कार्यक्रम गरियो । मकवानपुरगढी गाउँपालिकामा र्‍यालीलाई स्थानीय सरकारले स्वागत गर्‍यो । हामीले भ्रमण वर्ष तयारी गर्ने अथवा स्वागत गर्ने क्रममा विभिन्न जिल्लामा रहेका सिमानामा होडिङबोर्ड राख्ने काम गरेका छौं । जिल्ला समन्वय समितिका तर्फबाट सहिद स्मारकमा एउटा र हेटौंडा बजारको मुख्यचोक बुद्घचोकमा एउटा गरी दुई वटा होर्डिङबोर्ड राखेका छौं । फ्ल्याक्सबोर्डहरु बनाएका छौं । मकवानपुरका दश वटै स्थानीय तहका पर्यटकीय क्षेत्रमा आउँने पर्यटकलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई हामीले स्वागत गरेका छौं ।

पर्यटन वर्षका लागि मकवानपुरका पर्यटकीय क्षेत्र पहिचानमा यहाँहरु जुट्नुभएको थियो । जिल्लामा पर्यटकीय पर्यटकीय स्थलहरु चाँही कुन कुन छन् ?
प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई प्रत्येक स्थानीय तहबाट तीन–तीन वटा पर्यटकीय स्थल छनौट गरी पठाउँनका लागि भनेको थियो । प्रदेशले भने अनुसार हामीले स्थानीय तहहरुसंग समन्वय गरेर मुख्य मुख्य पर्यटकीय क्षेत्र उल्लेख गरेर पठाएका छौं । स्थानीय तहहरुले आफ्नो कार्यपालिकाबाट निर्णय गरेर प्रत्येक स्थानीय तहको तीन वटा पर्यटकीय गन्तव्य छनौट गरेर पठाएका छन् । त्यो छनौट गरिएको पर्यटकीय गन्तव्य हामीले प्रदेश सरकार समक्ष पठाएका छौं । हेटौंडा उपमहानगरपालिकाले सहिद स्मारक, चुरेको पूरानो सुरुङ र गुम्बाडाँडाको मुर्ति बगैंचालाई तोकेको छ । इन्द्रसरोबर गाउँपालिकाले इन्द्रसरोबर ताल, मदन भण्डारी शान्तिपार्क लगायत तोकेको । थाहा नगरपालिकाले चन्द्रागिरी, भ्यू टावर लगायत क्षेत्र तोकेको छ । मनहरी गाउँपालिकाले शान्तिपार्क, जलविहार तथा जंगल विहारको क्षेत्रलाई तोकेको छ । यसैगरी प्रत्येक स्थानीय तहले तीन-तीन वटा पर्यटकीउ स्थल तोकेका छन् । यी तीन-तीन वटा तोक्नुको अर्थ चाँही के हो भने यो तीन वटा तोकिएपछि अरुलाई केही मतलब छैन भन्ने होइन । भ्रमण वर्षलाई लक्षित गरेर प्रत्येक स्थानीय तहले तीन-तीन वटा पर्यटन गन्तव्य तोकेको छ । तोकिएका मात्र पर्यटन गन्तव्य होइन, हरेक पर्यटन क्षेत्रमा अरु थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । यी तोकिएका मुख्य पर्यटकीय गन्तव्यमा पूर्वाधारहरु बनाएर अघि बढ्ने र बाँकी पर्यटन स्थललाई पनि सोही अनुरुपले संरक्षण गर्दै जाने गर्नुपर्छ । भ्रमण वर्षलाई अझ अगाडी बढाउँनका लागि जिल्ला समन्वय समितिले मकवानपुरमा भएका २२-२३ वटा पर्यटकीय गन्तव्यलाई चित्र सहितको ब्रोसिएर तयार गरेर सार्वजनिक गरेका छौं, वितरणमा ल्याएका छौं । समन्वय समितिबाट भ्रमण वर्षको लोगो सहितको क्याप वितरण गरेका छौं ।

सरकारले पर्यटन वर्षमा बीस लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । पर्यटन वर्षभरमा मकवानपुरले कति पर्यटक भित्राउने लक्ष्य लिएको छ ?
अन्तको तुलनामा मकवानपुरमा विदेशी पर्यटकको आगमन कम हुन्छ । भारतीय पर्यटकहरु मकवानपुरमा ज्यादा प्रवेश गर्नुहुन्छ । यसरी हेर्दा वर्षभरीमा हामीले दुई देखि तीन लाख पर्यटक मकवानपुरमा भित्राउन सक्छौं । अझ आन्तरिक पर्यटकहरुलाई पनि मकवानपुरमा आकर्षित सक्यौं भने संख्या बढ्नसक्छ ।

पर्यटकहरु रमाइलो चाहान्छन् । रमणीय ठाउँ, यहाँका मान्छेको राम्रो व्यवहार उनीहरुको अपेक्षा हुनसक्छ । यसतर्फ व्यवस्थापनका लागि कत्तिको ध्यान दिइएको छ ?
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले भ्रमण वर्षलाई लक्षित गरेर एउटा अभियान नै सन्चालन गरेको छ । अन्य ठाउँमा पनि हामीले समन्वय गरेका छौं । पर्यटकीय गन्तव्यमा पुग्ने बाटोलाई सफा राख्नुपर्ने तथा अन्य आवश्यक कार्यमा ध्यान दिनपर्ने विषयमा स्थानीय तहसंग हामीले कुरा राखेका छौं । पर्यटकलाई राम्रो व्यवहार हुनुपर्छ भन्नेमा हामी सचेत छौं । उनीहरुको सुरक्षामा पनि ध्यान दिइनुपर्छ भनेर स्थानीय निकायसंग समन्वय गरेका छौं । सकेसम्म सबै हिसाबले रचनात्मक रुपमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले गरेका छौं । हामी वर्षैभरीको एउटा क्यालेन्डर बनाउँदैछौं । मकवानपुरमा हुने जात्रा, मेला, पर्व, संस्कृति, परम्परा त्यो क्यालेन्डरमा उल्लेख गर्नेछौं । अनि हामी यही क्यालेन्डरका आधारमा अघि बढ्ने सोच बनाएका छौं । भ्रमण वर्षलाई लक्षित गरेर आगामी माघ १० गते मकवानपुरगढीको विजयोत्सव मनाउँने तयारीमा हामी छौं । माघ १० गतेबाट १६ गतेसम्म सहिद दिवसका अवसरमा भ्रमण वर्षलाई नै लक्षित गर्दै सहिद सप्ताहव्यापी कार्यक्रम गर्दैछौं । हामीसंग भएका क्षमतालाई प्रयोग गर्ने गरी पर्यटकलाई खुशी पार्ने कार्यमा हामी लाग्नेछौं ।

पर्यटकीय गन्तव्यमा पुग्ने बाटोलाई सफा राख्नुपर्ने तथा अन्य आवश्यक कार्यमा ध्यान दिनपर्ने विषयमा स्थानीय तहसंग हामीले कुरा राखेका छौं । पर्यटकलाई राम्रो व्यवहार हुनुपर्छ भन्नेमा हामी सचेत छौं । उनीहरुको सुरक्षामा पनि ध्यान दिइनुपर्छ भनेर स्थानीय निकायसंग समन्वय गरेका छौं । सकेसम्म सबै हिसाबले रचनात्मक रुपमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले गरेका छौं । हामी वर्षैभरीको एउटा क्यालेन्डर बनाउँदैछौं । मकवानपुरमा हुने जात्रा, मेला, पर्व, संस्कृति, परम्परा त्यो क्यालेन्डरमा उल्लेख गर्नेछौं ।

जिल्ला समन्वय समिति मकवानपुरका तर्फबाट मकवानपुरबासीलाई तपाईंको आग्रह के छ ?
हामीले बढी भन्दा बढी आफ्नो पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्न सक्नुपर्छ, बिक्री गर्न सक्नुपर्छ । त्यसका लागि हामी लागौं । पर्यटक भित्राउनका लागि हामीले टोल, गाउँ, आफ्नै घर सफा राखौं । हाम्रा केही बिग्रेका बानी व्यहोरा भए सुधार्दै जानुपर्छ । हामीले खानेकुरा खाएर हुने फोहोर बाटोमा जथाभावी फाल्दा त्यसले गलत सन्देश जाने भएकाले यस्तो कार्य नगरौं । राज्यले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउँन सबै सक्रियतापूर्वक लागौं । हामी मकवानपुरबासी भ्रमण वर्ष सफल बनाउँने अभियानमा लागिपरौं भन्न चाहान्छु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*